सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिमा पहिरो गएको छ । आज बिहानको ६ बजे पछि भिषण पहिरो खसेको हो ।
पहिरो खस्दा थुप्रै घरहरु पुरिएको र केही थप घरहरु जोखिममा रहेको जानकारी प्राप्त भएको छ। घटनास्थलमा प्रहरीका टोली पुग्दै गरेको पनि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
तसर्थः पहिरोको जोखिम रहेको वरपरबाट सम्पुर्ण स्थानिय वासिन्दाहरुलाई छेउछाउ नबस्न र उद्धार कार्यमा जुट्न समेत भनिएको छ ।