९ चैत्र २०८१, शनिबार
March 22, 2025 Saturday

20.34°C

काठमाडौं

20.34°C

Kathmandu

Feels-like: 19.32

Wind: 1.03

Humidity: 34

Latest
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाइयो चितवनमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात एसइई परीक्षा : अनिवार्य नेपाली विषयमा एक सय ३८ विद्यार्थी अनुपस्थित पोखरा र चीनको लुझाउ नगरबीच पर्यटनलगायत क्षेत्रमा सहकार्य हुने पोखरामा अन्तरराष्ट्रिय नाटक महोत्सव विद्यमान जातपात र छुवाछूतले सामाजिक संरचना नै विभेदजन्य छ : पूर्वप्रधानमन्त्री खनाल पाथीभरा मुख्य प्रवेशद्वारभित्रका मानव निर्मित संरचना हटाइने डेढ दशकदेखि मानवविहीन मुस्ताङको ‘सम्जुङ गाउँ’ प्रधानमन्त्री कप क्रिकेटः सशस्त्र प्रहरी र कर्णाली प्रदेशको जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विकासशील राष्ट्र हुँदाका तयारी सुरु



अ+ अ-

काठमाडौं: नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरुबारे गृहकार्य सुरु भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यहरुलाई पूर्ण तयारीका साथ अघि बढाउने उल्लेख गर्दै त्यसमा जुटन कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीहरुले संक्रमणकालीन रणनीतिहरुलाई समय सान्दर्भिक बनाइ सबै पक्षसँगको समन्वयमा अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट बनाउँदा प्रस्ताव गरिेने, नीति, योजना र कार्यक्रमले सहज र दिगो बनाउन योगदान गर्ने गरी तयारीमा जुटनु पर्नेमा पनि जोड दिइएको छ ।

अर्थ मन्त्रालयको कार्य जिम्मेवारीमा दिगो आर्थिक वृद्धि र रोजगारी सिर्जनामा आधारित वित्त नीति, स्थीर मौद्रिक नीति, कोषको उपलब्धता र विकास सहायता परिचालन पर्छन् । यसैगरी व्यापारिक विश्लेषण तथा उच्च प्रतिफलयुक्त परियोजनाका लागि क्षमता र वित्तीय पहुँच वृद्धि पनि कार्य जिम्मेवारीमा छन् ।

स्तरोन्नतिका मापदण्डहरुमा प्रति व्यक्ति कुल राष्ट्रिय आय, मानव सम्पत्ति सुचक, आर्थिक तथा वातावरणीय जोखिम सूचक लगायत छन् ।

स्तरोन्नतिपछि नेपालमा विकास तथा व्यावसायिक लगानीमा सुदृढ पहुँच, नयाँ व्यापार र आर्थिक साझेदारीको विकासमा योगदान, दिगो विकास, राष्ट्रिय छवि निर्माण, विश्वसनियतामा वृद्धि लगायतका प्रभाव पर्न सक्ने आंकलन गरिएको छ । यसैगरी वस्तु निर्यात, मूल्य, रोजगारी लगायतमा पनि प्रभाव पर्न सक्ने आंलकन गरिएको छ ।

नेपाल सन् २०२६ को नोभेम्बरमा अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने समय निर्धारण गरिएको छ ।