१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड दश लाख नाघ्यो



अ+ अ-

काठमाडौं । विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले शुक्रबार जानकारी दिएको छ ।
 सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ५७ हजार ४९५ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । 

संक्रमित मध्ये हालसम्म एक करोड ३९ लाख २५ हजार ६२५ व्यक्ति कोरोना मुक्त भएका छन् ।  विश्वभरमा ६३ लाख ९१ हजार ८० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।  सङ्क्रमितहरु मध्ये ६४ हजार ५०६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५४ लाख १५ हजार ६६६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ७० हजार ४१५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ५० लाख ७४ हजार ३७३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७१ हजार ४१८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६३ लाख ८२ हजार ६८९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४३ हजार ६० जनाको मृत्यु भएको छ । 

युरोपमा ३१ लाख ६ हजार ५५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख २ हजार २०५ को मृत्यु भएको छ । एसिया ५३ लाख ९६ हजार ७७८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख १५ हजार ६६९ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १० लाख ८८ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २४ हजार ७२७ जनाको मृत्यु भएको छ ।  ओसियानामा २४ हजार ८०६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४०१ जनाको मृत्यु भएको छ ।