५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

पूर्वराष्ट्रपति मुखर्जीको अवस्था खराब नरहेको छोरीको भनाई

पूर्वराष्ट्रपति मुखर्जीको अवस्था खराब नरहेको छोरीको भनाई
अ+ अ-

काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था खराब नरहेको उहाँको परिवारजनले दाबी गरेका छन् ।  उहाँको अवस्था अन्त्यन्त नाजुक रहेको हल्ला चलिरहेका बेला उहाँकी छोरी शर्मिस्था मुखर्जीले अवस्था जटिन नरहेको शुक्रबार दाबी गर्नुभएको हो । 

उहाँका अनुसार पूर्वराष्ट्रपति मुखर्जीको अवस्थामा सामान्य सुधार भएको छ र आँखाको तेज र प्रतिक्रिया बढेको छ । उहाँले आफ्ना पिताको स्वास्थ्य लाभको कामना गर्नेहरुप्रति कृतज्ञतापनि व्यक्त गर्नुभएको छ ।

“पछिल्लो दुई दिनदेखि मेरा पिताको स्वास्थ्य अवस्थाका बारेमा गलत हल्ला चलाइएको छ, पर्याप्त सुचना तथा जानकारी विना चलाइएका त्यस्ता हल्लामा कुनै सत्यता छैन, त्यस्तो भ्रममा नपर्न आग्रह गर्दछु,” उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।  

धेरै जनाले गहिरो प्रार्थना गरेकाले त्यसैको शक्तिमा आफ्ना पिताको अवस्थामा सुधार हुदै आएको उहाँको भनाई छ । उहाँले भगवानसँग अझै प्रार्थना गरिरहन आग्रह गर्दै प्रार्थना र उपचारले आफ्ना पितालाई पुरै निको हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । 

नयाँ दिल्ली स्थित आर्मी रिसर्च एण्ड रेफरल अस्पताल श्रोतले भने उहाँको अवस्था स्थिर रहेको जानकारी दिएको छ । अस्पतालले मुखर्जीलाई भेन्टीलेटरको सहयोगमा सघन उपचार गराईरहेको जनाएको छ । उहाँलाई केही दिन अगाडी कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको थियो ।