५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पारित

दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पारित
अ+ अ-

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन समितिले पारित गरेको छ । 

आर्थिक वर्षको अन्तिमसम्म पारित गरिसक्नु पर्ने भएपनि कोरोना महामारीका कारण प्रतिवेदन पारित हुन सकेको थिएन । समिति सभापति तारादेवी भट्टले कोभिड महामारी र समिति सभापतिहरुको कार्यकाल सकिएका कारण समयमै प्रतिवेदन पारित गर्न नसकिएको बताउनुभयो । समितिको बैठक केही दिनका लागि स्थगित गरिएको जानकारी दिँदै उहाँले अवस्था सहज हुँदै गएपछि सरकारको निर्णयअनुसार आगामी बैठकको मिति तोकिने समेत बताउनुभयो ।

समितिले गत आर्थिक वर्षमा राष्ट्रिय गौरब तथा महत्वका आयोजनाहरुको अनुगमन गरी दिएका निर्देशनहरुको आंशिक रुपमा पालना भएको पाइएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । सडक जोखिम र दुर्घटना एवं धनजनको क्षति न्यूनिकरण गर्न लामो यात्रामा २ जना सवारी चालक राख्नुपर्ने, सवारी साधनमा परिचालक वा सहचालकको रुपमा बालश्रम निषेध गर्नुपर्ने, तोकिएको भाडादर टाँस लगायतका विषयलाई कार्यमुलक बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएकोमा आंशिक रुपमा कार्यान्वयन भएको प्रतिवेदनमा उल्लेख छ । सुपथ मूल्य पसललाई चाडपर्वको अतिरिक्त नियमित र दुर्गम क्षेत्रमा खाद्यन्नको मौज्दात तथा आपूर्ति व्यवस्थापनलाई गतिशिल बनाउने, कालोबजारी र कृत्रिम अभाव श्रृजना भएमा अबिलम्ब कारवाहीको प्रकृया अगाडी बढाउने उत्पादन मिति र उपभोग गर्न मिल्ने मिति लगायतका मूल्य टाँस गरी सामग्री बेचबिखन गर्ने सम्बन्धमा उद्योग मन्त्रालयलाई निर्देशनमा दिएकोमा सुधार भएको समितिले जनाएको छ । महामारीको समयमा सरकारलाई परीक्षण किट, आवश्यक उपकरण र सामग्री, स्वास्थ्यकर्मी, आइसोलेसन वार्ड, क्वारेन्टिन जस्ता महत्वपूर्ण सुरक्षाका पक्षमा ध्यान दिन सरकारलाई निर्देशन दिएर महत्वपूर्ण भूमिका खेलेको छ । विकास र सुशासनका क्षेत्रमा कार्यसम्पादनको प्रभावकारीताका लागि कार्यगत समन्वय र एकताको अभाव रहेको समितिले बताएको छ । दिगो विकास र सुशासनको कार्यान्वयनमा प्रतिवद्धता अभाव रहेको र समितिका निर्णय कार्यान्वयनमा सरोकारवालाहरु उदासिनता लगायतका चुनौतीहरु रहेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । प्रभावकारी कामका लागि भौतिक, प्राविधिक र वित्तिय स्रोत साधनके अभाव देखिएको समितिको भनाई छ । कार्यसम्पादनका क्रममा देखिएको चुनौतीहरुको समाधानका लागि समितिका निर्देशनलाई बाध्यकारी रुपमा कार्यान्वयनयोग्य बनाउन आवश्यक कानूनी, नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव समितिको छ । राज्यको सम्भाव्यता र जनशक्तिको क्षमताबीचको तालमेल मिलाउनुपर्ने, नीति तथा योजनाको प्राविधिक, वित्तिय, प्रमाणिक र कार्यान्वयनशिलताको पक्षमा जोड दिनुपर्ने निष्कर्ष समितिले दिएको छ ।