काठमाडौं। कोरोना भाइरसबाट नेपालमा थप एक जना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु घर भएका ४२ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।
अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार तीन दिनअघि उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गराइ उपचार भइरहेको थियो । मृतकको शुरुको रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट मेसिनमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र त्यसपछि पुनः पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ रिपोर्ट आएको डा. गौतमले बताए ।
उनको फोक्सोमा संक्रमण भएकाले ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएको डा. गौतमले जानकारी दिए ।










