काठमाडौं । काठमाडौं उपत्यकामा आईतबार कोरोनाका १ सय ३२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् ।
संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएका छन् ।