काठमाडौं । राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सर्ने भएको छ ।
आगामी माघको १५ र १६ गतेका लागि तय गरिएको सातै प्रदेशको सम्मेलन केही समय पछि सारिएको जनमोर्चाले जनाएको छ ।
कोरोनाको तेस्रो लहरका कारण फागुनमा सम्मेलन सारिएको जनमोर्चाले जनाएको छ ।
अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै प्रदेश सम्मेलन फागुन ६ र ७ गते गर्ने निर्णय भएको जनाउनुभएको छ ।











