• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   नयाँ सत्ता समिकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास ★   बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार? ★   युरो कपमा आज जर्मनी र स्पेन तथा फ्रान्स र पोर्चुगल भिड्दै ★   सुनसरीमा आँप उत्पादन घट्यो ★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो ★   जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र ★   कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते ★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने

‘देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी बोल्दैनन्’



काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुकको सीमा मिचिँदा कोही राष्ट्रवादी नबोलेकामा चिन्ता व्यक्त गर्नुभएको छ । 

आफ्नो फेसबुक पेजमा उहाँले आमा जस्तो देश लुटिँदा आफू पीडाले आहत बनेको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी बोल्दैनन्, आन्तरिक कुरा हुने हो भने बवाल गर्दछन् ।देश भनेको आमा हुन्, आमा लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिन्छ क्यारे, त्यसैले पीडाले आहत म आफैँलाई पनि श्रध्दान्जलि बाहेक म के भन्न सक्छु र ”

उहाँको सो नोटिफिकेसनमा पनि धेरैले टिप्पणी गरेका छन् । टिप्पणीकर्ता मोहन शाहले लेखेका छन, “चन्द्र दाई, यसरी आफैँलाई चुपचापसँग पीडा सहेर कहिलेसम्म मौन राख्ने ? पार्टीभित्र आवाज उठाउनु पर्यो कि त त्यहाँ भित्रका तपाईं जस्तै राष्ट्रवादीहरु मिलेर एउटा देश र आम जनताले खोजेको जस्तो शक्तिको निर्माण गर्नुपर्यो , आम जनताहरू त्यस्तै एउटा शक्तिको उदयका लागि प्रतीक्षारत छन् । जय देश ।।”

त्यस्तै भीमनाथ शर्मा लेख्छन, “त्यो त राजा नरहे देश रहन्न भनि विपिले भनेकै छन। बिस्तारै बिस्तारै उत्तर र दक्षिणबाट घटदैहोला। अनी नेपाल भूमिलाई Zone of Tormoil यानी अन्तर्राष्ट्रीय लडाई पर्न सक्ने क्षेत्र भनेर पनि बिपीले भनेकै हुन्। यता मृत झैं हामी उपर बिदेशी गिद्धे नजर (एम सि सी) पनि छँदैछ। आगे प्रभु ईच्छा।”

“कांग्रेसले सधै डिफेन्सीब राजनीति मात्र गरिरहनु पर्ने हो र ? कम्युनिस्टहरूले जे जस्तो प्रोपोगण्डा गर्दा पनि कांग्रेसलाई नै दोष आउने, अब सोचौँ डिफेन्सीफ राजनीति होइन अफेन्सीफ राजनीति शुरू गरे मात्र कांग्रेसमा उर्जा आउछ कि ? दाइ”, रवीन्द्र शर्मा लेख्छन् ।

भारत र नेपालबीच पश्चिम महाकालीको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई लिएर विवाद कायम छ । नेपाली ती भूभाग भारतले मिचेर आफ्नो क्षेत्रमा गाभेको छ । नेपालले त्यसको विरोध गर्दै प्रमाणसहित ती भूभागलाई आफ्नो नक्सामा कायम गरेको छ । 

अहिले भारतले तिनै क्षेत्रमा संरचना बनाउँदै गरेको बेला नेता भण्डारीको उक्त टिप्पणी आएको छ । नेकपा एमालेले ती भूभागमा भारतले संरचना बनाएकामा आपत्ति प्रकट गरिसकेको अवस्थामा गठबन्धन सरकारबाट कुनै प्रतिक्रिया नआएकामा नेता भण्डारीले चिन्ता व्यक्त गर्नुभएको हो । विशेषगरी आफ्नै पार्टी नेपाली कांग्रेसबाट कुनै भनाइ नआएकामा उहाँले चिन्ता व्यक्त गर्नुभएको हुनसक्छ ।