१२ असार २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर बेलका नगरपालिका–६ ठेगाना भएका ४० वर्षीय  गोबिन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी बुधबार नेपाल ल्याइएको छ ।

प्रतिवादी गोबिन्द मगर भएको कर्तब्य ज्यान मुद्दामा फरार रहेका मगरलाई साउदी अरेबियामा पक्राउ परेपश्चात सम्बन्धित कसूरमा कारवाही गर्नेरगराउने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिई गएको प्रहरी टोलीले नेपाल ल्याएको हो ।  

मगरले २०६१ मंसिर १३ गते मान बहादुर तामाङलाई कर्तव्य गरी ज्यान मारेको मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति प्राप्त भई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखा मार्फत ईन्टरपोल महासचिवालयबाट अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि २०७७ माघ २६ गते उनी उपर रेड नोटिस जारी गरिएको थियो ।

मगरलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरलाई बुझाइएको ईन्टरपोल शाखाले जनाएको छ ।