५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुपूर्णिमाको अवसरमा महासंघमा फागु विशेष कार्यक्रम आयोजना



अ+ अ-

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघले फागुपूर्णिमा/होली पर्वको अवसरमा महासंघ सचिवालय टेकु काठमाण्डौंमा फागु विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा शुभकाना व्यक्त गर्दे महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वसन्त ऋतुको आगमनसंगै आउने फागु पर्व आपसी मेलमिलाप र सद्भावनाको पर्व रहेको उल्लेख गर्नु भयो । उहाँले नेपालमा पर्वहरुले समेत आन्तरिक अर्थतन्त्र चलायमान बनाउने बताउनु भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक मुलुक नेपालमा चाड पर्वहरुले आमनेपालीहरुलाई एक सुत्रमा बाध्ने गरेको उल्लेख गर्दै फागु पूर्णिमाको शुभकाना व्यक्त गर्नुभयो ।

महासंघको खेलकुद तथा मनोरञ्जन फोरमका सभापति अध्यक्ष हरि बहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासंघका एशोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, निर्यात प्रवर्द्धन समितिका सभापति नरेशलाल श्रेष्ठ, स्थल यातायात तथा पारवहन समितिका सभापति शिव प्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको भयो ।

कार्यक्रममा महासंघका पदाधिकारी सदस्य तथा अन्य उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।