८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

उद्धार उडान अनिश्चितकालका लागि स्थगित

उद्धार उडान अनिश्चितकालका लागि स्थगित
अ+ अ-

काठमाडौं । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र ९सीसीएमसी० ले विदेशबाट फर्कनेका लागि होटल क्वारेन्टिन व्यवस्था नभएको भन्दै उडान स्थगित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको हो ।

सोही पत्रको आधारमा पर्यटन मन्त्रालयले विदेशमा अलपत्र नेपाली फर्काउन तय गरेको चार्टर्ड उडान आजदेखि स्थगन गरेको छ । हालैको मन्त्रिपरिषद् बैठकले भदौ १ अर्थात अगष्ट १७ तारिखदेखि दैनिक ५०० नेपालीको उद्धार उडानमार्फत स्वदेश फर्काउने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुरुप नेपालका दुई नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले उद्धार चार्टड उडान गरी नेपालीलाई फर्काउने तालिका बनाएका थिए । नेपाल एयरलाइन्सले अगष्ट १७ देखि ३१ र हिमालय एयरलाइन्सले अगष्ट १६ देखि ३० सम्मको उडान तालिका बनाएका थिए । विदेशमा अप्ठे्यारो अवस्थामा रहेका नेपाली फर्काउन पाँचौँ चरणको उद्धार उडानका लागि सीसीएमसीले ४३ वटा उडान अनुमति दिएको थियो ।

कोरोनाको सङ्क्रमण बढिरहेको र विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषण गर्नेक्रम पनि बढिरहेकाले होटल क्वारेन्टिनको व्यवस्था नभएको ब्यहोरा जनाउदै सीसीएमसीले उद्धार उडान स्थगन गर्न मन्त्रालयलाई लिखित निर्देशन दिएको हो । 
सीसीएमसीले पर्यटन मन्त्रालयलाई पठाएको पत्रमा होटेल क्वारेन्टिन सुनिश्चत हुने गरी मात्र उडान स्वीकृति दिने तथा यसअघि जारी उडान अनुमति स्थगित गर्न भनिएको छ । उडान स्थगित भएपछि नेपाल एयरलाइन्सले सूचना निकालेर अगष्ट १८ तारिखदेखि उद्धार उडान अर्को सूचना जारी नभएसम्म हाललाई स्थगित गरिएको जनाएको छ । सीसीएमसीको विवरणमा भदौ १ गतेसम्म विभिन्न मुलुकबाट घर फर्किने नेपालीको सङ्ख्या ५१ हजार ७६१ रहेको छ ।
    
दुबईबाट रित्तै फर्कियो निगमको जहाज

नेपाल एयरलाइन्सको वाइड बडी ए ३३० जहाज दुबईबाट रित्तै काठमाडौँ फर्किएको छ । काठमाडौँबाट २३१ यात्रु लिएर सोमबार दुबई गएको वाइड बडी जहाज आज बिहान काठमाडौँ फर्किएको हो । काठमाडौँबाट विभिन्न मुलुक जानेभन्दा पनि विदेशी गन्तव्यबाट नेपाल फर्कने यात्रुको अत्यधिक चाप रहेको र मागअनुसार सिट दिन नसक्ने अवस्था रहेको पनि निगमले उल्लेख गरेको छ । निगमले आजदेखि अनिश्चितकालका लागि सबै अन्तर्राष्ट्रिय चार्टड उडान बन्द गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

यता नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्सले पनि सूचना निकालेर आज कतारको काठमाडौँ–दोहा गन्तव्यका लागि तय गरेको उद्धार उडान स्थगित गरेको छ ।