२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौथो पटक आर्मीले उचाल्यो झापा गोल्डकपको उपाधि



अ+ अ-

बनियानी । नेपाल आइस पाँचौँ झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले उचालेको छ । 

झापाको डोमालाल रङ्गशालामा आज भएको फाइनल खेलमा झापा–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । उपाधिका लागि आर्मीका टेकबहादुर १८औँ मिनेटमा टेकबहादुर बुढाथोकी र २०औँ मिनेटमा जर्ज प्रिन्स कार्की एक÷एक गोल गरेका थिए । झापा–११ का लागि विमल घर्ती मगरले २४औँ मिनेटमा एक गोल फर्काएका थिए । 

पहिलो हाफमा २–१ को अग्रता कायम गरेको आर्मीले सोही अग्रतालाई कायम राखेको थियो । दोस्रो हाफमा झापाले गोलका लागि निकै प्रयास गरे पनि सफलता हात पार्न सकेन । योसँगै आर्मीले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको छ । 

झापा–११ ले भने पाँच पटक नै उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगितामा विजयी आर्मीले नगद रु १२ लाख ५५ हजार र उपविजेता झापा–११ ले रु छ लाख पाँच हजार हात पारेको छ । समापन समारोहमा झापा–११ फुटबल क्लबका फरवार्ड विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।