१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यागमन विभागको ट्राभल एड्भाइजरी यथावत



अ+ अ-

काठमाडौँ । अध्यागमन विभागले कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको सङ्क्रमण रोकथामका लागि नेपाल प्रवेश गर्न रोक लगाइएको ट्राभल एडभाइजरीको व्यवस्थालाई यथावत राखेको छ ।

ओमिक्रोनको सङ्क्रमण देखिएका दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इरुवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउने वा ती मुलुकलाई ट्रान्जिट बनाइ नेपाल आउने वा गएको तीन साताभित्र ती मुलुकको भ्रमण गरेका यात्रुलाई गत मङ्सिर १६ गते राति १२ बजेदेखि नेपाल प्रवेश गर्न रोक लगाएको थियो । विभागले एक सूचना जारी गर्दै उल्लिखित नौ मुलुकलगायत सङ्क्रमणका जोखिम भएका अन्य मुलुकबाट नेपाल आउने नेपाली नागरिक र कूटनीतिक वा अफिसियल पासपार्टबाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकहरुका सम्बन्धमा विभिन्न व्यवस्था गरेको जनाएको छ ।

विभागले नयाँ भेरिएन्टको सङ्क्रमणको जोखिम भएका मुलुकहरुमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरुले अति आवश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको छ । ओमिक्रोनको सङ्क्रमणको अवस्थाका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोखिमयुक्त मुलुकको पहिचान गरी विभागलाई प्राप्त हुने जानकारीका आधारमा त्यस्ता मुलुकहरुका सम्बन्धमा पुनः ट्राभल एड्भाइजरी जारी गर्ने उल्लेख गरेको छ ।