८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

तामाङ राष्ट्रिय मुक्ति मोर्चाको चेतावनी– ‘कुलमानको अवमूल्यन नगर’

तामाङ राष्ट्रिय मुक्ति मोर्चाको चेतावनी– ‘कुलमानको अवमूल्यन नगर’
फाइल फोटो
अ अ+ अ-

काठमाडौं । तामाङ राष्ट्रिय मुक्ति मोर्चाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अवमूल्यन हुने गरी कुनै पनि निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

मोर्चाले विज्ञप्ति जारी गर्दै कुलमानको अवमूल्यन हुनेगरी सरकारले कुनै पनि निर्णय गरे आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।

‘नेपाल विद्युत प्राधिकरण घाटामा गएकोमा पछिल्लो ६ महिनामा १२ अर्बभन्दा बढी मुनाफामा पुर्‍याउन सफल नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नियोजित र गैरन्यायिक ढंगले कार्य सम्पादनमा शुन्य अंक दिई कार्यक्षमतामा प्रश्न उठाई पटक पटक मन्त्रीले स्पष्टीकरण लिनु आफैँमा हास्यास्पद हो । कार्यकारी निर्देशक घिसिङको अवमूल्यन हुनेगरी कुनै पनि निर्णय नगर्नका लागि हाम्रो मोर्चा सरकारको ध्यानकर्षण गराउँदछौँ, यदि प्रतिशोधपूर्ण ढंडले कारबाही पदमुक्त वा अन्य कुनै पनि प्रक्रिया अगाडि बढाएको खण्डमा हाम्रो मोर्चा निर्णायक सडक आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छ’, मोर्चाका अध्यक्ष डिल्लीमान तामाङ र महासचिव लिलाकुमार घलानले हस्ताक्षर जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मोर्चाले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले भ्रष्टचार र कमिसन असुल्न नपाएकोमा घिसिङमाथि प्रतिशोध साँध्न खोजेको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, ‘दलाल विचौलियाले शासन गर्न खोज्ने र त्यसैबाट परिणाम खोज्ने शासक जनताको असली प्रतिनिधि हुन सक्दैन र त्यस्तो प्रवृत्तिको जति निन्दा गरे पनि कम हुने हुन्छ ।’

मोर्चाका अध्यक्ष डिल्लीमान तामाङले आफूहरुको चेतावनीलाई कमजोर सोचेर राज्यले कुलमानमाथि प्रतिशोधपूर्ण कारबाही गरिए मोर्चा सडक आन्दोलनमा जाने बताए ।