२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवर्तनकामी लोकतान्त्रिक शक्तिसँग सहकार्य गरिने



अ+ अ-

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनकामी सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले गणतन्त्रात्मक राज्यव्यवस्था समुन्नत बनाउन देशमा रोजगारी वृद्धि तथा समाजवादी वितरण प्रणाली कायम गर्न पार्टीले योजना निर्माण गर्ने निर्णय गरेको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था, राजावादीले गरेको प्रदर्शन, पार्टीका गतिविधिबारे छलफल गरिएको बैठकमा देशभर सांगठनिक सुदृढीकरणका लागि सशक्त जनपरिचालनका कार्य योजनामा छलफल गरिएको थियो । समसामयिक राजनीतिक विषयवस्तु तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिबारे  समीक्षा गरिएको बैठकमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबारे समीक्षा गरिएको थियो ।

बैठकमा पार्टी सदस्य विस्तार तथा जनवर्गीय सङ्गठनको कार्ययोजनाको समीक्षा गरिएको बैठकमा बामपन्थी शक्तिबीचको एकतालाई जोड दिने निर्णय गरिएको जनाइएको छ ।

पार्टीको आगामी कार्ययोजना तथा रणनीति तयार गर्न जनताको सुझावलाई सङ्कलन गरी आगामी चैत १ गते विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको थियो । रासस