११ आश्विन २०८१, शुक्रबार
,
Latest
सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिट बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक छः गभर्नर अधिकारी जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

घटेन सुदूरपश्चिममा सवारी दुर्घटनाको क्रम



अ+ अ-

गोदावरी । सुदूरपश्चिममा वर्षेनी सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको छ । सडकको दुरावस्था, सवारीसाधनको चाप र चालकको लापरबाहीका कारण सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा ३८४ वटा सवारी दुर्घटना भएकोमा  १४३ जनाले ज्यान गुमाएका छन् भने २५४ जना घाइते भएका थिए । अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा सुदूरपश्चिममा २१६  दुर्घटना भएकोमा २०२ जनाको मृत्यु हुनुका साथै १९८ जना गम्भीर तथा २३८ जना सामान्य घाइते भएको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७४÷७५ मा सुदूरपश्चिममा २६४ दुर्घटनामा १६६ जनाले ज्यान गुमाएका थिए । यस्तै १३३ जना गम्भिर तथा २०५ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयले देखाएको छ । 
सवारी दुर्घनामा परी हरेक वर्ष डेढ सय बढीले ज्यान गुमाउने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । सरकारले सवारी दुर्घटना न्यूनीकरणका विभिन्न नीति अवलम्बन गर्दै आएपनि सवारी दुर्घटना हुने क्रममा कमी आएको छैन् । 

साँघुरा सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्सविना नै सवारीसाधन चलाउने जस्ता गतिविधिले पनि सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दै गएको जनाइएको छ । 

पहाडी जिल्लामा साघुँरा एवं गुणस्तरहीन सडक निर्माण गरिँदा दुर्घटनाको जोखिम बढेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।  

उहाँका अनुसार प्रदेशमा सवारी दुर्घटना न्यूनिकरणका लागि प्रहरीले छड्के चेकजाँचदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास गरिरहेको छ । सवारी दुर्घटना बढ्नुको मुख्य कारण  सडकको दुरवस्था, सवारीसाधनको चाप र चालकको लापरबाही रहेको जनाइएको छ । दुर्घटना न्यूनिकरणका लागि चालक र पैदल यात्रीहरू सजग हुनुपर्ने  प्रदेश ट्राफिक प्रहरी प्रमुख श्रेष्ठको भनाइ छ  । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । तीव्र गति, पैदलयात्रुको लापरबाही, गाडीको यान्त्रिक गडबडी, खराब मौसम र सडकमा छाएिका चौपाया पनि सवारी दुर्घटनाका मुख्य कारक भएको जनाइएको छ ।