काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले प्रधानमन्त्री केपी ओलीलाई बिमानस्थलमा उपस्थित भै पूर्वराजाको स्वागत गर्न अपिल गर्नुभएको छ ।
पोखराबाट आज काठमाडौ फर्कनु लाग्नु भएका पूर्वराजालाई उहाँका समर्थक तथा शुभेच्छुकहरुले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
सामाजिक संञ्जालमा एक सन्देश लेख्दै सांसद शाहीले जनताको इच्छा र आकाङ्क्षालाई बन्देज गर्ने चेष्टा सरकारले नगरोस भन्ने चेतावनी पनि दिनुभएको छ ।
उहाँले लेख्नु भएको छ-
जनताको इच्छा र आकाङ्क्षालाई बन्देज गर्ने चेष्टा सरकारले नगरोस्। सम्माननीय प्रधानमन्त्रीज्यूलाई नै आज काठमाडौ एयरपोर्टमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछु। कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने नेपालका राजालाई स्वागत गर्न किन नहुने ? राजा सबैका साझा हुन् प्रधानमन्त्री र राष्ट्रपतिका पनि राजा हुन् ।
यो १६ वर्षमा देशमा लुटतन्त्र मच्चाएर अझै पुगेको छैन गाउँ गाउँमा छोटे राजाहरू छन्। ८० लाखभन्दा बढी युवाहरु अर्काको देशमा काम गर्न बाध्य छन्। एक वर्षमा ७ लाखभन्दा बढी युवाहरू विदेशिन्छन्। उद्योग बन्द गर्यौ कलकारखाना बन्द गर्यौ।
राजाका पालामै निर्माण भएका नि:शुल्क उपलब्ध स्वास्थ्य शिक्षा जस्ता आधारभूत सेवा र सुविधाहरू पैसामा बिक्री गर्ने र बेच्ने धन्दा चलायौ । अदालत कार्यकर्ताको बनायौ । प्रहरी कार्यकर्ताको बनायौ । कर्मचारी कार्यकर्ताको बनायौ शिक्षक कार्यकर्ता बनायौ भ्रष्टाचारले तिमीहरू डङडङ्गती गनायौ ।
तिमीहरुलाई अझै के आधारमा विश्वास गर्नेरु अब तिमीहरु जस्ता भ्रष्टाचारीहरुलाई तह लगाउनका लागि एउटा संस्था चाहियो जसलाई भनिन्छ राज संस्था ।










