८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

विदेशी मुलुकहरुमा अलपत्र नागरिकलाई भदौ १६ गतेदेखि उद्धार गर्ने

विदेशी मुलुकहरुमा अलपत्र नागरिकलाई भदौ १६ गतेदेखि उद्धार गर्ने
अ+ अ-

काठमाडाैंः संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत भदौ १६ गतेदेखि अलपत्र नागरिकलाई उद्धार गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताउनुभएकाे छ ।

प्रतिदिन ५ सय जना ल्याउने गरी नियमित उद्धार उडान हुने उहाँले बताउनुभयो । उद्धार उडानका लागि पीसीआर परीक्षण सहज भएका मुलुकहरु मलेसिया, जापान, युएइ दक्षिण कोरिया हङकङ, अष्ट्रेलिया, क्यानाडा लगायत युरोपेली मुलुकबाट नेपाल आउन अनुमति भएका नेपाली नागरिक, कुटनीतिक नियोगका पदाधिकारी र कर्मचारीलाई मात्रै ल्याउने निर्णय भएको उहाँले बताउनुभयो ।

यस्तै साउदी अरब, कुवेत र कतार लागयत पीसीआर परीक्षण सहज नभएका मुलुकबाट नेपाली कुटनीति नियोगले सिफारिस गरेअनुसारका व्यक्तिलाई मात्रै उद्धार उाडन मार्फत नेपाल ल्याउनेछ । उद्धार उडानबाट आउने नेपालीहरुले नेपालमा कम्तिमा एक हप्ता होटेल क्वारेन्टिनमा बस्न उतैबाट होटल बुकिङ गर्नुपर्ने प्रवाधान राखिएको छ ।

७२ घण्टाअघिको पीसीआर रिपोर्टसँगै टिकट बुकिङको समयमा नै होटलमा ७ दिन बस्न लाग्ने खर्च पनि तिर्नुपर्ने छ । सो मापदण्ड भन्दा बाहिरका व्यक्तिलाई उद्धार गरि नेपाल ल्याइए सम्बन्धित एयरलाइन्सलाई कारवाही गरिने उहाँले बताउनुभयो ।

कोरोना नेगेटिभ प्रमाणपत्र भएका यात्रु सबैलाई १४ दिन होम क्वारेन्टिनमा बस्ने लिखित प्रतिवद्धता सहित सहित जान दिने र स्थानीय तहले अनुगमन गर्ने निर्णय पनि सरकारले गरेको छ । निममित उडानका लागि भदौ १६ गते बाट उडान तालिका प्रकाशन पर्यटन मन्त्रालय गर्ने निर्णय पनि सरकारले गरेको छ । 

काठमाडौं उपत्यकामा सरकारले कम्तिमा पनि ६ हजार आइसोलेसन बेड निर्माण गर्ने निर्णय गरेको छ । उपत्यका भित्र रहेका अस्पतालहरु, मेडिकल कलेजहरु, नीजि र सामुदायिक अस्पतालहरुमा कम्तिमा ६ हजार आइसोलेसन बेड निर्माण गर्ने निर्णय सरकारले गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका संयोजनमा आइसोलेसन बेड निर्माण गरिने उहाँले बताउनुभयो । यसैगरी अन्तर्राष्ट्रियस्मिा क्षेत्र र अन्तर जिल्ला आवागमनलाई पनि थप कडाई गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

स्वास्थ्य प्रोटोकलहरूको अनिवार्य रूपमा पालना गर्ने र गराउने र पालना नगर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गरिने समेत उहाँले बताउनुभयो । उपत्यकामा संक्रमण जोखिम बढ्दै गएको अवस्थामा सरकारले एकिृत क्वारेन्टिन व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि गरेको छ । गृहमन्त्रालयका सचिवको संयोजकत्वमा गठन भएको समितिले क्वारेन्टिन निर्माण, व्यवस्थापन, अनुगमन र सुरक्षा लागयतका काम गर्नेछ ।

यस्तै बैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिलाई एकिकृत क्वरोन्टिनमा राख्ने व्यवस्थापन पनि समितिले गर्ने छ । त्यसमा लाग्ने सम्पूर्ण खर्च कोषको सिफारिसमा स्थानीय तहलाई उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ ।

कोषको खर्चमा उद्धार भएका बाहेकको हकमा खर्च जिल्ला कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्रको सिफारिसमा स्थानीय तहमा रहेका कोरोना रोकथाम नियन्त्रण र उपचार व्यवस्था कोषबाट मिलाउने निर्णय पनि सरकारले गरेको छ । 

सरकारले लक्षण नभएका र सामान्य लक्षण नभएका व्यक्ति आफ्नै घरमा आइसोलेसनमा बस्न चाहानेहरुलाई स्वास्थ्य प्रोटोकल पालना हुने सुनिश्चित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य संस्था वा इकाइले अनुमति दिने उहाँले बताउनुभयो । सो को अनुगमनका लागि  मन्त्रालयले तोकेको मापदड अनुसार स्थानीय तहले स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने छ ।

सरकारले जुनसुकै स्वास्थ्य संस्था वा निजी, सामुदायिक अस्पतालबाट समेत सेवा सञ्चालन र जनशक्ति परिचालन गर्ने गराउने निर्णय पनि गरेको छ । आवश्यकता अनुसार जुनसुकै अस्पताललाई कोभिडको उपचारका लागि मात्रै तोक्न सक्ने निर्णय पनि सरकारले गरेको  छ ।

कसैले बाधा अवरोध गरेमा कारवाही गर्ने निर्णय पनि सरकारले गरेको छ । यसैगरी सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टिमा लागेको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय  पनि गरेको छ । राष्ट्रकवि घिमिरेको मृत्युप्रति शोकप्रकट गर्दै सरकारले अन्त्येष्टिमा लागेको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको हो । 

यस्तै बाढी पहिरोमा परि मृत्यु भएका परिवारलाई प्रतिपरिवार २ लाख र एक परिवारमा एकजना भन्दा बढीको मृत्यु भएमा प्रतिमृतक १ लाखका दरले उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ । घाइतेहरुकोउपचारको सम्पूर्ण खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ । 

आवास वा पसलमा क्षति पुगेको भए प्रति परिवार १५ हजार उपलब्ध गराउने निर्णय सरकारले गरेको छ । यस्तै परिवारमा ५ भन्दा बढी रहेको अवस्थामा २० हजार उपलब्ध सरकारले गराउने भएको छ ।

घर पूर्ण क्षति भएको अवस्थामा प्रतिपरिवार एक लाख उपलब्ध गराउने, घाइतेको उपचारको साथै आउजाउका लागि सहयोग रकम उपलब्ध गराउने र घर बनाउन आवश्यक पर्ने काठ सहुलियत दरमा उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ ।

आजसम्म बाढी पहिरोमा परेर हालसम्म २५० को मृत्यु भएकोछ । यसैगरी ८४ बेपत्ता भएका छन भने, १५२ घाइते भएका छन् । आजसम्म बाढी पहिरोबाट ३ सय ५१ घर भत्किएका छन ।