८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

संवैधानिक निकायमा भागबण्डाका आधारमा नियुक्ति नगर्न पूर्व प्रशासकहरुका यस्ता सुझाव

संवैधानिक निकायमा भागबण्डाका आधारमा नियुक्ति नगर्न पूर्व प्रशासकहरुका यस्ता सुझाव
अ+ अ-

काठमाडौँ । विभिन्न संवैधानिक निकायमा खाली रहेका पदमा नियुक्ति गर्ने सम्वन्धमा मुलुकका प्रमुख नेताहरुबिच छलफल भई खाली पदहरु भागबण्डाको आधारमा पूर्ति गरिने सहमति भएको भन्ने विषयमा पूर्व प्रशासकहरुले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले जसरी विभिन्न सार्वजनिक सञ्चार माध्यमहरुमा समाचार संप्रेषण भएका छन, तिनप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ भनेका छन् । खासमा उनीहरुले संबैधानिक निकायको भूमिका र यिनको प्रभावकारिता माथि चिन्ता लाग्न थालेको भन्दै सार्वजनिक रुपमा सुझाव दिँदै एक विज्ञिप्त पनि प्रकाशन गरेका छन् । 

उनीहरुले विभिन्न संबैधानिक निकायका पदाधिकारीहरू योग्यता, कार्यक्षमता र इमान्दारिताका आधारमा नियुक्ति नभई राजनीतिक आस्था र संलग्नताका आधारमा नियुक्त गरिने प्रथा शुरु गरिनाको कारणबाट संवैधानिक निकायको आवश्यकता र औचित्यमाथि नै प्रश्न उठ्ने गरेको बताएका छन् । यी निकायको गरिमा, महत्व र प्रभावकारितालाई कायम राख्दै योग्यताका आधारमा तथा राजनीतिक भागबन्डामा नभएर स्वतन्त्र र निश्पक्ष रुपमा पदाधिकारी नियुक्त गर्न उनीहरुले माग गरेका छन् । 

विज्ञप्तिमा विभिन्न संवैधानिक निकायमा खाली रहेका पदमा नियुक्ती सम्वन्धमा मुलुकका प्रमुख नेताहरु बीच छलफल भई खाली पदहरु भागबण्डाको आधारमा पूर्ति गरिने सहमती भएको भन्ने जसरी विभिन्न सार्वजनिक सञ्चार माध्यमहरुमा समाचार संप्रेषण भएका छन, तिनप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । साथै संबैधानिक निकायको भूमिका र यिनको प्रभावकारिता माथी चिन्ता लाग्न थालेको भनिएकाे छ । 

विभिन्न संबैधानिक निकायका पदाधिकारीहरू योग्यता, कार्यक्षमता र इमान्दारिताका आधारमा नियुक्ति नभई राजनीतिक आस्था र संलग्नताका आधारमा नियुक्त गरिने प्रथा शुरु गरिनाको कारणबाट संवैधानिक निकायको आबश्यकता र औचित्यमाथि प्रश्न उठने गरेको सबैमा बिदित नै छ भन्दै विज्ञप्तिमा संबैधानिक निकाय स्वतन्त्र र निश्पक्ष हुनु पर्नेमा कसैको दुई मत हुन सक्तैन । यिनलाई सरकार  र राजनीतिक दलहरुको छाँया बन्न  नदिन नागरिक सजग हुन अत्यन्त आवश्यक भई सकेको छ । साथै भाग बण्डाको आधारमा नियुक्ति मान्य छैन भन्ने आवाज शसक्त  रुपमा उठाउन ढिलो गरिन हुन्न भन्नेमा हामी विश्वस्त भएका छौँ भनिएकाे छ ।

विज्ञप्तिमा अगाडि भनिएकाे छ, संबैधानिक निकायको पवित्रता कायम गर्न, यिनको शाख बढाउन तथा सत्तासिन दल लगायत अन्य राजनीतिक दलका छायाँ बन्नबाट यी निकायलाई जोगाइनु पर्दछ भन्नेमा हामी विश्वस्त छौं । संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति सँग जोडिने सबैलाई राजनीतिक आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर स्वतन्त्र, निष्पक्ष र इमान्दारीपूर्वक योग्य ब्यक्तिको छनोट तथा सिफारिसको सहज र अनुकूल वातावरण सिर्जना गर्नको लागि हामी आग्रह गर्दछौं । समग्रमा,  इमान्दारीता, कुशलता, दक्षता, प्राज्ञिक सक्षमता, नेतृत्वदायी कौशलता र सदाचार जस्ता  मापदण्डको कसीमा उत्रिएका ब्यक्तिहरुमात्र संबैधानिक निकयमा नियुक्त गरिनु पर्दछ भन्ने आवाज उठाउँदै, यस प्रति सम्वन्धित सबैको ध्यान आर्कषण गराउन चाहान्छौं । साथै यस आवाजलाई  सर्मथन जनाउनुहुने सवैले आआफ्नो ठाउँबाट खबरदारी गर्न पनि हामी आग्रह गर्दछौँ  ।     

अपिलकर्ताहरु

१. वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल
२. पूर्व सचिव श्याम प्रसाद अधिकारी
३. पूर्ब सचिव भरतबहादुर थापा
४. चिनिया बस्नेत, महाराजगञ्ज
५.पूर्ब एआइजी डा.ठाकुरमोहन श्रेष्ठ
६. पूर्ब एआइजी. डा गोविन्दप्रसाद थापा
७. पूर्ब एआइजी अनन्तराम भट्टराई
८. पूर्ब एआइजी रविराज थापा
९. बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी
१०. बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने
११. व्यवस्थापन विज्ञ श्री कृष्ण देवकोटा
१२. पूर्व सहायक रथी श्री रामकृष्ण थापा
१३. पूर्व सहायक रथी डा प्रेमसिंह बस्न्यात 
१४. द्वारिकानाथ ढुङ्गेल, बानेश्वर