८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नेपाल बारमा कांग्रेस–एमाले गठबन्धनविरुद्ध माओवादीदेखि राप्रपासम्म एकजुट

शम्भु थापा र सुशील पन्त कसरी आए एक ठाउँ ?

नेपाल बारमा कांग्रेस–एमाले गठबन्धनविरुद्ध माओवादीदेखि राप्रपासम्म एकजुट
अ+ अ-

काठमाडौं । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि रोचक खालको गठबन्धन बनेको छ । व्यवसायिक संगठन भने पनि बारमा राजनीतिक प्रतिस्पर्धा नै हुने भएको हो ।

कांग्रेस र एमाले निकट कानुन व्यवसायीले गठबन्धन गरेका छन् भने यो गठबन्धनलाई चुनौती दिन नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायीले रास्वपादेखि राप्रपासम्मलाई साथ लिएर उम्मेदवारी दिएको छ ।

आगामी चैत २३ गते हुने निर्वाचनमा अध्यक्षका लागि अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, अधिवक्ता राजु कैती, वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्र, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आशिष पौडेलको उम्मेदवारी दर्ता भएको हो ।

महासचिवमा यज्ञमणि न्यौपाने, केदारप्रसाद कोइराला र हरिशरण कार्कीको उम्मेदवारी परेको छ ।

सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेनिकट कानुन व्यवसायीका संगठन क्रमश: डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) र प्रगतिशील पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) ले संयुक्त प्यानल बनाएका छन् । यस गठबन्धनबाट अध्यक्षमा डीएलएका विजयप्रसाद मिश्र अध्यक्ष र महासचिवमा पीपीएलएका केदारप्रसाद कोइराला छन् ।

सत्ता गठबन्धनलाई टक्कर दिन विपक्षी दलहरू माओवादी, रास्वपालगायत पार्टीनिकट संगठनले अर्को प्यानल बनाएका छन् । यो प्यानलमा अध्यक्षमा माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी मञ्च (आरपीएलए) का रमनकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । महासचिवमा उम्मेदवारी दिएका यज्ञमणि न्यौपाने रास्वपानिकट हुन् ।

रोचक त के छ भने यस पटक नेपाल बारमा उम्मेदवारी दर्ता गर्दा माओवादी निकट रमण श्रेष्ठको प्रस्तावकमा वरिष्ठ अधिवक्ता शम्भु थापा र समर्थकमा वरिष्ठ अधिवक्ता सुशील पन्त छन् । अहिलेसम्म कुनै पनि विषयमा फरक–फरक धारणा राख्दै आएका थापा र पन्त यस पटक एउटै कित्तामा खुलेका हुन् । त्यो पनि माओवादी निकट कानुन व्यवसायी श्रेष्ठको पक्षमा । यसलाई कानुन व्यवसायीले अनौठो संयोग भनेका छन् ।

श्रेष्ठको प्यानलबाट महासचिवमा राष्ट्रिय स्वतन्त्र पार्टीनिकट यज्ञमणि न्यौपानेले उम्मेदवारी दिएका छन्ु । एकीकृत समाजवादीले उपाध्यक्ष पद लिएको छ ।

त्यस्तै सत्ता गठबन्धन नेपाली कांग्रेस–नेकपा एमाले निकटका कानुन व्यवसायीको संयुक्त प्यानलबाट डीएलएका विजयप्रसाद मिश्र र महासचिवमा एमालेनिकट पीपीएलएका केदार कोइराला उम्मेदवार बनाएका छन् । मिश्र बारका पूर्वमहासचिवसमेत हुन् ।

अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको पक्षमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा र सुशील पन्त खुलेर लागेपछि यस पटक बारको चुनाव रोचक हुने छ । सतहमा हेर्दा कांग्रेस र एमाले निकट कानुन व्यवसायीको अत्यधिक बहुमत देखिने भएपछि भित्रि रुपमा फरक खेल देखिएको छ । थापा र पन्तले श्रेष्ठलाई अघि सारेपछि कांग्रेस–एमाले निकट कानुन व्यवसायी झस्किएका छन् । किनकी यी तीन जना वरिष्ठ अधिवक्ताले हेर्ने मुद्दा सर्वोच्च अदालतमा सबैभन्दा धेरै छन् । उनीहरुले व्यक्तिगतरुपमा समेत मिश्रका मतदातालाई तान्न सक्ने हिम्मत राख्छन् ।

नेपाल बारमा ११ हजार ७ सय ७२ जना मतदाता छन् ।

नेपालमा अधिवक्ताको लाइसेन्स लिएका २१ हजार पाँच सयभन्दा बढी अधिवक्ता भए पनि अद्यावधिक गरेका र पेशामा आबद्ध कानुन व्यवसायीहरु मात्र मतदाताका रुपमा समेटिएका हुन् ।

देशभरका ३६ वटा मतदान केन्द्रमा चुनाव हुनेछ । सबैभन्दा बढी मतदाता काठमाडौँ जिल्ला बारमा २ हजार ६ सय ७९ जना छन् । त्यसपछि उच्च अदालत पाटन बारमा २ हजार पाँच सय ८ जना मतदता छन् ।