११ आश्विन २०८१, शुक्रबार
,
Latest
सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिट बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक छः गभर्नर अधिकारी जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित ५६ वर्षीय महिलाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

वीरगन्ज । गत साउन २४ देखि वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार मृत्यु हुने ५६ वर्षीय महिला वीरगन्ज महानगरपालिका–११ श्रीपुर निवासीको शनिबार बेलुका साढे सात बजे कोरोना अस्पतालमा मृत्यु भएको हो । 

ती महिलाको साउन २२ मा स्वाब संकलन गरी परीक्षण गर्दा साउन २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो, खोकी, थाइरोइड, श्वासप्रश्वासको समस्या रहेको ती महिलामा कोरोना पाजिटिभ देखिएपछि कोरोना अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार थालिएको थियो ।

स्वास्थ्य अवस्था झन बिग्रिएपछि उनलाई पछिल्लो १२ घन्टा भेन्टिलेटरमा उपचार गर्ने क्रममा शनिबार बेलुका मृत्यु भएको प्रशासन कार्यालयले जनाएको छ । पर्सामा २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।