१९ श्रावण २०८३, मंगलवार
,
Latest
चिकित्सा शिक्षा आयोगमा निर्देशक नियुक्ति नहुँदा प्रवेश परीक्षा अन्योलमाः सांसद मल्ल हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग मुलुकलाई कसैको प्लेग्राउण्ड बन्न नदिन पनि एउटा सशक्त गुप्तचर निकाय आवश्यकः अमरेशकुमार सिंह सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट हिन्दु सम्राट् सेनाप्रति सांसद राईको आपत्ति, सरकारलाई कडा कदम चाल्न आग्रह विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै सुदूरपश्चिमका विकास आयोजना र स्थानीय समस्या समाधान गर्न रास्वपा सांसदहरूको प्रधानमन्त्रीसँग आग्रह गोली चलाउने प्रवृत्ति अन्त्य गर्न सरकारसँग अमरेश सिंहको आग्रह युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माध्यमिकी परिक्रमाको महोत्तरी यात्रा सम्पन्न



अ+ अ-

महोत्तरी । मिथिला माध्यमिकी १५ दिने परिक्रमामा यात्रीले महोत्तरीको यात्रा सम्पन्न गरेका छन् । यात्राको चौथो दिनदेखि आठौँ दिनसम्मको रात्रिवास महोत्तरीमा गरेका यात्री आज नवौँ दिन बिहान कञ्चनवनबाट धनुषाका लागि प्रस्थान गरेका हुन् ।

कञ्चनवनको रात्रि विश्राम गरेसँगै आज बिहान यहाँबाट यात्री धनुषा प्रवेश गरेपछि महोत्तरीको यात्रा सम्पन्न भएको हो । महोत्तरीमा मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन परिक्रमाका रात्रिवास रहने परम्परा छ ।

परिक्रमाका यात्री आज बिहान कञ्चनवनमा स्नान गरेर रङ खेल्दै रामसीताको भजन गाउँदै अघिल्लो यात्राका लागि प्रस्थान गरेका छन् । यसअघि बिहीबार कञ्चनवन आएर यात्रीले होरी ९फागु० महोत्सव मनाएका थिए । त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर अबीर खेलेका विश्वासमा यहीबाट होली पर्व प्रारम्भ हुने परम्परा छ ।

आज यात्री धनुषाको क्षिरेश्वरनाथ महादेवको दर्शन गर्दै धनुषाकै पर्वतामा रात्रिबास गर्नेछन् । त्यसपछि १० औँ दिन धनुषाधाम, ११ औँ दिन सतोखरधाम र १२ औँ दिन औरहीमा रात्रिवासपछि परिक्रमा टोली १३ औँ दिनको विश्रामका लागि भारतको मधुवनी जिल्लामा पर्ने करुणा पुग्नेछ । त्यसपछि १४ औँ दिन मधुवनीकै बिसौलमा बसेपछि यात्री अन्तिम बासका लागि धनुषाको जनकपुरधामस्थित रङ्गभूमि मैदान (बाह्रबिघा) पुग्नेछन् ।

यसअघि पहिलो दिनको बास धनुषाकै हनुमानगढीमा गरेका यात्रीले दोस्रो र तेस्रो दिनको बास मधुवनीको कलना (कल्याणेश्वर) र फुलहर (गिरिजास्थान) मा गरिसकेका छन् ।

अन्तिम दिन (१५ औँ दिन) रङ्गभूमिमा रात बिताएर भोलिपल्ट जनकपुरधामको अन्र्तगृह परिक्रमा गरेपछि यो मध्यमा यात्रा सम्पन्न हुने परम्परा छ । यो यात्रा सम्पन्न भएको भोलिपल्ट फागुपर्व मनाउने मैथिल परम्परा छ । मिथिलाविहारी (श्रीराम) र किशोरीजी (सीताजी)का प्रतिमा डोलामा अघि लगाएर गरिने यो १५ दिने यात्रा मिथिलाको महाकुम्भ पनि भनिन्छ ।

मिथिला माध्यमिकी परिक्रमा कल्याणदायक हुने र मोक्ष प्राप्त हुने मैथिल जनविश्वास छ । मन, विचार शुद्धि र परोपकारमा लाग्न यो यात्राले अभिप्रेरित गर्ने मैथिल संस्कृतिका जानकार बताउँछन् । माध्यमिकी परिक्रमाको कूल एक सय ३३ किलोमिटर दूरीमध्ये महोत्तरी जिल्लामा २५, धनुषामा ८० र मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा २८ किलोमीटरको दूरी तय गरिने परम्परा छ । रासस