काठमाडौं। ताप्लेजुङ सदरमुकामदेखि तिब्बतको सीमाना टिपटलासम्म ८५ किमी सडक निर्माणका लागि चीनसँग छलफलको प्रक्रिया अगाडि बढाउन एमाले सासंद योगेश भट्टराईले परराष्ट्र मन्त्री डा आरजु राणा देउवालाई आग्रह गर्नुभएको छ ।
आज परारष्ट्रमन्त्री डा राणासंग भेट गरी उक्त आग्रह गर्नुभएको हो । ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयबाट प्राप्त सिफारिस र लागत अनुमानको प्रारम्भिक प्रस्ताव समेत नेता भट्टराईले मन्त्री राणालाई हस्तान्तरण गर्नुभएको छ । मन्त्री राणाले चीनसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै, यस परियोजनालाई अघि बढाउनका लागि सरकारी तहमार्फत आवश्यक पहलकदमी लिने जानकारी गराउनु भयो ।
सडक निर्माणको यस परियोजनाले ताप्लेजुङको भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ। सडक विस्तार भएपछि स्थानीय जनतालाई आवागमनको सजिलो र तिब्बतसँगको व्यापारिक सम्बन्धलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ।










