५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्काका प्रहरी प्रमुखलाई पक्राउ गर्न सर्वसाधारणसँग सुराकी माग्दै प्रहरी



अ+ अ-

एजेन्सी । श्रीलङ्काको प्रहरीले एक अधिकारीको मृत्युपछि पक्राउ गर्न अदालतको आदेशपछि बेपत्ता भएका आफ्ना फरार प्रमुखको खोजीका लागि बिहीबार सार्वजनिक अपिल जारी गरेको छ ।

प्रवक्ता बुद्धिका मनतुङ्गाले प्रहरी महानिरीक्षक (आईजीपी) देशबन्धु तेन्नाकुनलाई विभिन्न विशेष इकाइमा खटाए पनि फेला पार्न नसकिएको बताउनुभयो ।

कोलम्बोमा पत्रकारहरूसँग कुरा गर्दै मनतुङ्गाले भन्नुभयो, “हामी सर्वसाधारणलाई उहाँ कहाँ हुनुहुन्छ भन्ने बारेमा कुनै पनि जानकारी दिन आग्रह गर्दछौं ।”

उहाँले अगाडि भन्नुभयो, “आईजीपीलाई प्रश्रय दिने वा न्यायमा बाधा पु¥याउने जोकोहीलाई पनि कारबाही गरिने चेतावनी पनि दिन्छौँ ।”

मनतुङ्गाले आफ्नै प्रमुखलाई पत्ता लगाउन नसक्नुले प्रहरीमाथिको जनविश्वासलाई कमजोर बनाएको स्वीकार्नुभएको छ । उहाँले टापुबाट भाग्नबाट रोक्न सरकारले उहाँलाई विदेश यात्रामा प्रतिबन्ध लगाएको छ ।

“यो गम्भीर विषय हो र हामी उहाँलाई पक्राउ गर्न थप जोसका साथ काम गरिरहेका छौं,” मनतुङ्गाल भन्नुभयो ।

उहाँले भन्नुभयो, “कानुनको जानकार व्यक्तिका रुपमा आइजिपीले अदालतको आदेश पालना गरेर आत्मसमर्पण गर्नुपथ्र्यो ।”

सन् २०२३ मा टेन्नाकुनले एक होटलमा गैरकानुनी रुपमा छापा मारेको आरोप लागेपछि गत साता एक म्याजिस्ट्रेटले उहाँलाई पक्राउ गर्न आदेश दिनुभएको थियो ।

तेन्नाकुनले एक युनिटलाई राजधानी कोलम्बोबाट करिब १५० किलोमिटर टाढा रहेको दक्षिणी तटीय रिसोर्ट शहर वेलिगामास्थित एक होटलमा अवैध लागूपदार्थको खोजी गर्न आदेश दिनुभएको छ ।

अन्डरकभर अपरेसनबारे अनभिज्ञ स्थानीय प्रहरीले उक्त इकाइसँग मुठभेड गरेपछि गोली हानाहान भएको थियो जसमा एक अधिकारीको मृत्यु भएको थियो भने अर्का एक जना गम्भीर घाइते भएका थि तर त्यहाँबाट कुनै पनि औषधि फेला परेन।

तेन्नाकुनलाई सन् २०२३ को नोभेम्बरमा विवादास्पद रूपमा प्रहरी प्रमुखमा नियुक्त गरिएको थियो भने उहाँको नियुक्तिलाई सर्वोच्च अदालतले चुनौती दिँदै गत जुलाईमा उहाँलाई निलम्बन गरेको थियो।

देशको सर्वोच्च अदालतले हिरासतमा रहेका एक शङ्कास्पद व्यक्तिलाई यौनाङ्गमा ‘मेन्थोल बाम’ हालेर यातना दिएको भन्ने छुट्टै मुद्दामा फैसला गरे पनि तेन्नाकुनलाई प्रहरीको सर्वोच्च पद दिइएको थियो ।

अदालतले तेन्नाकुनलाई पीडितलाई क्षतिपूर्तिस्वरूप पाँच लाख भारु (एक हजार ६०० अमेरिकी डलर) तिर्न आदेश दिएको थियो तर त्यतिबेला सरकारले उहाँविरुद्ध अनुशासनात्मक कारबाही गर्ने न्यायिक आदेशलाई बेवास्ता गरेको थियो।