२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारितामा शुद्धीकरणको आवश्यक : प्रेस काउन्सिल अध्यक्ष बस्नेत



photo:rss
अ+ अ-

काठमाडौं। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रमा शुद्धीकरणको आवश्यकता रहेको बताएका छन्।

संघीय संसद सचिवालयले युट्युब पत्रकार प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास निलम्बन गरेलगत्तै पत्रकारको नियामक निकाय काउन्सिलका अध्यक्षको धारणा सार्वजनिक भएको हो । “पत्रकार पत्रकार मात्र भइरहे र पत्रकारले पत्रकारिता बाहेक अरू सबै काम गर्ने अहिलेको कतिपय प्रवृत्तिको अन्त हुन सके, हिजोआज देखिएका समस्या आफैं हल हुन्छन्,” अध्यक्ष बस्नेतको भनाइ छ ।

संसद सचिवालयले पत्रकारिताको मर्यादा र आचारसंहिताको पालना गराउन संसद प्रवेश पास निलम्बन गरेको बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूसँग संवादका क्रममा अमर्यादित शब्द प्रयोग गरेको भन्दै महासचिव स्तरीय निर्णयबाट प्रवेश पास निलम्बन गरिएको हो।

संसद सचिवालयले पत्रकारलाई संसदभित्र रिपोर्टिङका लागि पास उपलब्ध गराउँदै आएको छ। यस घटनाले पत्रकारिताको मर्यादा, स्वतन्त्रता र दायित्वबारे नयाँ बहस सुरु गरेको छ। युट्युब पत्रकार प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास निलम्बनका विषयमा पत्रकारहरूको मिश्रित धारणा आइरहेको छ ।