२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश अस्पतालमा छ जनाको मिर्गौला प्रत्यारोपण



अ+ अ-

कर्णाली। कर्णाली प्रदेश अस्पताल सुर्खेतले हालसम्म छ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालबीच विसं २०७८ चैत २० गते सम्झौता भएयता छ जनाको प्रत्यारोपण गरिएको हो ।

कर्णाली प्रदेश अस्पतालले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक डा केशर ढकालले सम्झौता भएदेयही फागुन १९ गतेसम्म छ जनाको मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिनुभयो ।

उहाँले प्रत्यारोपण कार्यलाई नियमित र यस कार्यमा अस्पताललाई प्रभावकारी बनाउन अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकहरूको क्षमता अभिवृद्धिमा जोड दिइने बताउनुभयो । “प्रत्यारोपण केन्द्रले यसको नियमित सेवा सुरु गर्न प्राविधिक सहयोग गरेको छ । मुटुरोग निदान तथा उपचारका लागि क्याथल्याब सेवाको परीक्षण सम्पन्न भइसकेको हुँदा नियमित सेवा सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कार्डियोलोजिष्ट खटाइएको छ ।

अब यहाँ रहेका जनशक्तिको दक्षता अभिवृद्धिका लागि केन्द्रमा तालिम गर्न पठाउने योजना बनाइरहेका छौं उहाँले भन्नुभयो । निर्देशक ढकालका अनुसार प्रदेश अस्पतालमा क्यान्सर रोग उपचारका लागि अङ्कोलोजी, जलन (पोलिएको) रोग उपचार तथा शल्यक्रिया सेवा सञ्चालन हुनाका साथै अब चाँडै न्यूरोलोजी सेवा पनि सञ्चालन हुनेछ । रासस