२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास जग्गा प्रकरण: विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा



अ+ अ-

काठमाडौँ। ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतबाट भएको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

अख्तियारले माघ २२ गते विशेष अदालतमा आरोपपत्र दायर गर्दा ११० जनालाई प्रतिवादी बनाएको थियो, जसमा प्रमुख आरोपित कलाधर देउजा पनि सामेल थिए। त्यस्तै, जग्गा जफत गर्ने उद्देश्यका लागि थप ६५ जनालाई प्रतिवादी बनाइएको थियो।

विशेष अदालतले २०८० फागुन ३ गते उक्त मुद्दामा सुनुवाइ गर्दै केही प्रतिवादीलाई सफाइ दिएको थियो भने केहीलाई आंशिक सफाइ दिएको थियो। यस निर्णयसँग असहमत हुँदै अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका आरोपितहरुलाई कम सजाय गर्ने र कतिपयलाई सफाई दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको दावी रहेकाे छ  ।