२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगी नरहरिनाथको शालिक अनावरण



अ+ अ-

कनकाई । झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम परिसरमा योगी नरहरिनाथको शालिक अनावरण गरिएको छ ।

संस्थाका अध्यक्ष नवलकिशोर दत्तको सभापतित्वमा कोटी होम परिसरमा आयोजना गरिएको एक समारोहका बीच वैद्विक मन्त्रोचारणका साथ योगी  नरहरिनाथको शालिक अनावरण गरिएको हो ।

भmापा क्षेत्र नं ४ का सांसद एलपी साँवा लिम्बू, प्रदेशसभा सदस्य हीराकुमार थापा, नगरप्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँलगायतले शालिक अनावरण गर्नुभएको हो । शालिक अनावरणसँगै कोटी हवन शान्ति कलश  स्तम्भ समेत शिलान्यास गरिएको छ ।

पानीको फोहोरासहितको आकर्षकस्थल निर्माणका लागि नगरपालिकाले रु १८ लाख रकम विनियोजन गरेको थियो । योगीको अर्धकदको शालिक ईश्वरकृष्ण महाराजले सौजन्य  गर्नुभएको हो । कोटी होम परिसरको भौतिक पूर्वाधार पुनःनिर्माणका लागि सङ्घीय सांसद साँवाबाट प्राप्त रु ५० लाख बजेट खर्च भइसकेको बताइएको छ । कोटीहोम परिसरमा चाँडै क्यामेरा जडानका लागि आवश्यक तयारी भइरहेको संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण ओलीले बताउनुभयो । रासस