८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

पूर्वसचिव द्वारिकानाथ ढुंगेलको टिप्पणी– निजामती सेवालाई कति गिजोल्ने ?

पूर्वसचिव द्वारिकानाथ ढुंगेलको टिप्पणी– निजामती सेवालाई कति गिजोल्ने ?
अ+ अ-

काठमाडौं । पूर्वसचिव द्वारिकानाथ ढुंगेलले निजामती सेवालाई राजनीतिक नेतृत्वले गिजोलेको प्रति आपत्ति जनाउनुभएको छ । उहाँले संविधानको व्यवस्था अनुसार नयाँ निजामती सेवा ऐन बढाउन ढिलाई भएकोप्रति असन्तुष्टि जनाउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा आज स्टाटस लेख्दै पूर्वप्रशासक ढुंगेलले– खुद्रा पसलमा सामान बेचे जस्तो गरी संघीय निजामती सेवा विधयेकका प्रावधानमा छलफल गरिएको समेत टिप्पणी गर्नुभएको छ ।

ढुंगेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ–

निजामती सेवालाई कति गिजोल्ने ?

वर्तमान संविधान कति दिन टिक्ने हो थाह छैन, तथापी संविधानको प्रावधान अनुसार नया निजामती सेवा ऐन बनिसक्नुपर्ने थियो । बन्ने क्रममा देखिन्छ,तर धेरै गिजोलिएको निजामती सेवा झनै गिजोलिएला जस्तो लाग्न थालेको छ । अन्यथा कहिले अतिरिक्त सचिव राख्ने कुरा, कहिले समावेशीको कुरा, कहिले खुला प्रतियोगिता द्वितीय वा प्रथम श्रेणी मध्ये एकमा मात्र राख्ने भनेर खुद्रा पसलमा सामान बेचे जस्तो गरी प्रतिनिधि सभाको संघीय निजामती सेवा विधयेकका प्रावधानमा छलफल गरी सिफारिश गर्ने समितिका सदस्यबाट आउने थिएन होला ? संचार माध्यम पनि यस्तैमा रमाउने थिएन होला । जवकी अवधारणत्मक रुपमा ऐनमा पर्नु पर्ने विषयहरुको किटानी, बिगतका सवल र दुर्वल पक्षको विश्लेषण तथा प्रशासन सुधार आयोगका प्रतिवेदनमा परेका विषयहरुलाई ध्यानमा राखी निजामती सेवालाई राज्यसंचालनको बलियो खम्बा बनाउने तर्फ ध्यान केन्द्रित हुनु पर्ने हो ।

अहिले जे कुराहरु बाहिर आएका छन, ती सवै विषयमा प्रशासन सुधार आयोग २०४८ ले बोलेको छ । आयोगका सदश्य मध्ये डा. रामशरण महत, गोरक्षबहादुर न्हुच्छे प्रधान, दामोदर प्रसाद गौतम,श्याम प्रसाद अधिकारी, नारायणराज तिवारी अझै हुनुहुन्छ । साथै अर्जुनमणी आदी, डा. हिरामणी घिमिरे र जनकराज जोशी पनि सक्रिय नै हुनुहुन्छ । यी ब्यक्तिहरु सँग नया निजामती सेवा ऐनको निर्माणको क्रममा छलफल गर्दा मुलुकलाई हित होला। यस तर्फ संवन्धित समितिको ध्यान आकर्षण गराउन चाहान्छु ।