११ आश्विन २०८१, शुक्रबार
,
Latest
दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

गलत कामगर्ने बालगृह माथि कडा कार्वाही गर्छु –मन्त्री पार्वत गुरुङ



अ+ अ-

काठमाडौं । महिला, बालबालिकातथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले गलत कामगर्ने बालगृह माथि कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ । मन्त्री गुरुङले बालबालिकाको हितमा केन्द्रित भएर कामगर्न सम्बन्धित सबै निकायलाई आह्वान पनि गर्नु भएको छ ।

‘कोभिड–१९ संकटका बेला अनाथ, असहाय बालबालिकाहरु झनै जोखिममा परेका छन,’मंगलबार काठमाडौंमा आयोजितकोभिड–१९ संकटका बेला बाल संरक्षणका लागि दक्षिण एशियाली राष्ट्रहरुबीचको सहकार्य विषयक भर्चुअल बैठकमा बोल्दै उहाँले भन्नु भयो,‘जोखिममा परेका त्यस्ता बालबालिकाहरुको संरक्षण गर्न दक्षिण एशीयाली राष्ट्रहरु बीच अझै बलियो सहकार्यको आवश्यक्ता छ ।’ मन्त्री गुरुङले सरकारले अनाथ तथा असहाय बालबालिका हरुको उचित व्यवस्था हुनेगरी बालबालिका सम्बन्धि १० वर्षे रणनीतिक योजना तयार पार्ने कामलाई अन्तिम चरणको पु¥याएको पनिजानकारी दिनु भयो । उहाँले एक वर्ष भित्र नेपाललाई सडक बालबालिका मुक्त देश घोषणागर्ने तयारी भईरहेको बताउनु भयो ।

कोभिड–१९ र बाढि÷पहिरोको कारण यसै वर्ष सडक बालबालिका मुक्तबनाउने सरकारको अभियान पूरा हुन नसकेको मन्त्री गुरुङको भनाई थियो । मन्त्री गुरुङले अनाथ तथा गरिव बालबालिकाको संरक्षण र उनीहरुको शिक्षा, स्वास्थ्यको उचित व्यवस्था गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनु भयो ।