११ आश्विन २०८१, शुक्रबार
,
Latest
राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिराटनगरमा कोरोना संक्रमित ४४ वर्षीया महिलाको मृत्यु



अ+ अ-

बिराटनगर । कोरोना संक्रमणबाट बिराटनगरमा ४४ वर्षीया महिलाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका–११ मा बस्दै आएकी महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।मंगलबार दिउँसो भर्ना भएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर सिंह राठौरले जानकारी दिए । संक्रमित महिलालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । विराटनगर–१५ मिल्स एरिया घर भएकी महिला बिराटनगर–११ मा बस्दै आएकी थिइन् ।

उनको मंगलबार बेलुका कोशी अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । संक्रमित महिलामा निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ ।

महिलाको मृत्युसँगै कोरोनाका कारण हालसम्म बिराटनगरका ११ जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु हुनेमा दुई महिला र नौ पुरुष छन् ।