८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना

अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो

अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो
अ+ अ-

मुगु। हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक तीन दिनपछि आज साँझदेखि पुनः सञ्चालन भएको छ ।

कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकको सातमोड, सिप्टिचौर र बुलबुले क्षेत्रमा बाक्लो हिउँ जम्दा सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडकको हिउँ तथा झरेको पहिरो हटाउन शुक्रबारदेखि सडक डिभिजन कार्यालय जुम्ला र नेपाली सेना खटिएको थियो ।

सडक सञ्चालन भएपछि मुगुबाट अन्य जिल्ला जाने र मुगुतर्फ आउने मालबाहक तथा यात्रुबाहक सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । रारा ताल घुम्न आएका पर्यटक सडक अवरुद्ध हुँदा तीन दिनदेखि बुलबुलेमा बास बसेका थिए ।

“अब सडक सञ्चालन भयो, रारा आउने पर्यटक, साना–ठूला सबै सवारीसाधन आ–आफ्नो गन्तव्यतिर लागेका छन्”, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए । भलभुले, सात मोड र जिअ भिड क्षेत्रमा चार किमी सडकको हिउँ र पहिरो हटाइएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताए ।

कर्णाली राजमार्गको यही सडक भएर नेपालकै ठूलो ताल रारा ताल र प्रसिद्ध धार्मिकस्थलहरु छायाक्षेत्र, रिणिमोक्ष र थार्पमष्टा पुगिन्छ । नाग्म–गमगढी सडक स्तरोन्नति नहुँदा हिउँद र वर्खामा सधैँ अवरुद्ध हुने गरेको छ । रासस