८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

किराती बस्ती वाम्द्यालमा स्वालेवा स्तम्भ निर्माण

किराती बस्ती वाम्द्यालमा स्वालेवा स्तम्भ निर्माण
अ+ अ-

ओखलढुङ्गा। यहाँको मानेभञ्ज्याङ गाउँपालिका–३ स्थित वाम्द्यालमा स्वालेवा (चिन्डो) पार्क निर्माण गरिएको छ । किरात राई समुदायअन्तर्गत वाम्बुले राईहरूको आदिम बस्तीका रूपमा परिचित वाम्द्यालमा वाम्बुले ‘राई समाज’ नामक संस्थाको अग्रसरतामा उक्त पार्क निर्माण गरिएको हो ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज एक समारोहबीच पार्कको उद्घाटन गर्दै ऐतिहासिकस्थलमा नमूना पार्क बनेकामा प्रशंसा  गरेका छन्। “संस्कृति र सांस्कृतिकस्थलको संरक्षण सरकारले गर्दै आएको छ । यस ठाउँका लागि पनि सरकारले आवश्यक सहयोग गर्नेछ” ।

राष्ट्रियगानका सर्जक व्याकुल माइलाले किरातीहरूको मुन्दुममा स्वालेवाको सांस्कृतिक महत्व धेरै भएको बताए । सांसद रामहरि खतिवडाले स्वालेवा पार्क देशको स्वाभिमानका रूपमा ठडिएको बताए । अब यसलाई पर्यटनसँग जोड्नुपर्नेमा उनले जोड दिए ।

पूर्वसांसद तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य यज्ञराज सुनुवारले राष्ट्रियता केवल ढुङ्गा र माटो मात्र नभएर मान्छेको पहिचान भएको बताए । “वाम्बुले समुदायले बनाएको स्वालेवा पार्क यस समुदायको मात्र पहिचान हैन, यो त राज्यको हो । यसको संवर्द्धनको काम राज्यले गर्नुपर्छ ।”

कोशी प्रदेशसभा सदस्य प्रदीप सुनुवारले राज्यले संस्कृति र पहिचानलाई सम्पत्तिका रूपमा बुझ्नुपर्ने बताए । सबै जातिका संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो । वाम्बुले राई समाजका अध्यक्ष गजुरधन राईले आगामी दिनमा पार्कको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्ने चुनौती थपिएको बताए ।

विसं २०७४ देखि निर्माण सुरु गरिए पनि बजेट अभावका कारण पार्क निर्माण सम्पन्न गर्न सात वर्ष लाग्यो । पार्क दुई रोपनी क्षेत्रफलमा फैलिएको छभने स्वालेवाको उचाइ ३९ फिट रहेको छ । स्वालेवासँगै अदुवाको समेत स्तम्भ निर्माण गरिएको छ । उक्त स्तम्भ चर्चित मूर्तिकार धनु याख्खा नेतृत्वमा मूर्तिकारहरूले निर्माण गरेका हुन् ।

पार्क तीनै तहका सरकारबाट रु ६२ लाख र स्थानीय समुदायले चन्दा सङ्कलन गरी रु २७ लाख ८९ हजार ८८४ गरी गरी रु ८९ लाख ७९ हजार ८९४ लागतमा निर्माण गरिएको पार्क निर्माण समितिका आर्थिक संयोजक मुम्चे राईले जानकारी दिए ।

स्वालेवा किरात समुदायले जन्मदेखि मृत्यु संस्कारसम्म अनिवार्य प्रयोग गर्ने सामग्री हो । यो एक वनस्पतीय फल हो । रासस