९ श्रावण २०८३, शनिबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक र अभिभावको संयुक्त प्रयासले असल नागरिक उत्पादन हुने- उपसभामुख राना



अ+ अ-

काठमाडौँ। उपसभामुख इन्दिरा राना मगरले शिक्षक र अभिभावको संयुक्त प्रयासले मात्र मुलुकमा असल नागरिक उत्पादन हुने धारणा राखेकी छन् ।

आज आयोजित साइरियस अङ्ग्रेजी माध्यमिक विद्यालयको ३०औँ वार्षिकोत्सव कार्यक्रममा उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि समय समयमा शिक्षकलाई तालिम र भ्रमणको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।

“मसँग विश्वविद्यालय कारागार जस्तै रहेको अनुभव छ । अधिकांश समय कारागार र समुदायमा बिताएकाले मेरा कारागार नै विश्वविद्यालय हो”, उपसभामुख रानाले भनिन् । अझै पनि तराईका कतिपय विद्यालयमा अध्ययन अध्यापन गर्नेरगराउने वातावरण नभएको गुनासोहरू आइरहेको भन्दै उनले त्यसतर्फ सम्बन्धित निकायले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिइन् ।

शिक्षक, अभिभावक र विद्यार्थीबीच समन्वय आवश्यक पर्ने बताउँदै उपसभामुख रानाले विद्यालयले आधारभूत विषयमा ध्यान दिन नसक्दा समस्या उत्पन्न भएका उल्लेख गरिन् । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई तालिमका साथै प्रोत्साहन गर्ने किसिमका योजनाहरू कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

अभिभावलाई लक्षित गर्दै उपसभामुख रानाले हरेकको पहिलो विद्यालय परिवार रहेकाले जस्तोसुकै परिस्थितिमा पनि आफ्ना बालबालिकालाई भरपुर समय दिन आग्रह गरिन् ।

अभिभावले आफ्ना बालबालिकालाई छात्राबासमा राख्न नहुने सुझाव दिँदै उनले हरेक बालबालिकासँग कुनै न कुनै प्रतिभा हुने भएकाले उक्त प्रतिभालाई चिनेर अगाडि बढ्न प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

उनले भनिन्, “सदाचारी कर्मले बन्ने हो । रैथानी खानपानलाई ध्यान दिन आग्रह गर्दै बाहिरी खानाले बालबालिकाको स्वास्थ्यलाई हानि गर्ने समस्या विश्वभरि छ, यसप्रति अभिभावक र स्वयं विद्यार्थी सचेत हुनु जरुरी छ ।” देश साँच्चै सुन्दर बनाउने हो भने बालबालिकालाई असल शिक्षा दिन आवश्यक रहेकामा उनले जोड दिइन् ।

विद्यालयका प्रधानाध्यापक दामोदर भुसालले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय परिवारका तर्फबाट कुनै पनि कसर बाँकी नराख्ने बताइन् । कार्यक्रममा लामो समयमा सेवा गरेका शिक्षक रञ्जना वस्ती, मधुमती श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो । साथै विभिन्न कार्यक्रममा सहभागी उत्कृष्ट बालबालिकालाई पुरस्कार वितरण गरिएको थियो । रासस