२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ-शेखर कोइराला



अ+ अ-

रुपन्देही। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने बताए।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विसं २०८२ भित्रै महाधिवेशन गर्नुपर्नेमा जोड दिए । नेता डा कोइरालाले महाधिवेशनपूर्व गर्नुपर्ने सदस्यता नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरणलगायत काममा भएको ढिलाइप्रति चिन्ता व्यक्त गरेका छन् ।

उनले २०८२ भित्र पार्टीको महाधिवेशन सकेर २०८४ को आमनिर्वाचनमा एकताबद्ध भएर पार्टीलाई विजयी बनाउने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।