८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

‘धनबुबा परीक्षित नरसिंह राणा’ पुस्तक सार्वजनिक

‘धनबुबा परीक्षित नरसिंह राणा’ पुस्तक सार्वजनिक
अ+ अ-

काठमाडौँ। पूर्वप्रशासक परीक्षित नरसिंह राणाको जीवनीमा आधारित ‘धनबुबा परीक्षित नरसिंह राणा’ नामक पुस्तक सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँकी धर्मपत्नी कोकिला राणाले उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो प्रेरणाको स्रोत परीक्षित नरसिंह राणा रहेको बताउनुभयो । उहाँले पुस्तकबाट नैतिकता, आदर्शजस्ता कुरा युवापुस्ताले सिक्ने बताउनुभयो । उहाँले राणाले नै सञ्चयकोषलाई अहिलेको अवस्थामा पुर्याएको उल्लेख गर्दै सञ्चयकोषलाई बैंकमा रुपान्तरण गर्न खोजेको र त्यतिबेला राष्ट्रिय वाणिज्य बैंक स्थापना भएपछि उहाँको योजना पूरा हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा पुस्तकबारे समीक्षा गर्दै पत्रकार भीम घिमिरेले पुस्तकमा उल्लेख गरिएका कुराले राणा शासनको इतिहास सरल भाषामा बुझ्न सकिने बताउनुभयो । उहाँले राणा राजनीतिक दलका नेतासँग नडराउने निडर प्रशासक रहेको बताउनुभयो ।

साहित्यकार विमल भौकाजीले राणा परिवारको भएर पनि उहाँ नेपाल प्रजा परिषद्मा आवद्ध भएको बताउनुभयो । “उहाँ राणा परिवारको भए पनि सहिद गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीसँग प्रजा परिषद्को पक्षमा हिँड्नुभएको थियो”, उहाँले भन्नुभयो, “उहाँलाई गोली हान्ने तयारी गरिएको बेला कसैले राणा परिवारको व्यक्ति भनेपछि बच्नुभएको थियो । त्यसपछि गोरखा पठाइयो ।”

पुस्तकका सम्पादक डा करनबहादुर शाहले परीक्षित नरसिंह राणाको जीवनीबाट इमान्दारी सिक्न सकिने बताउनुभयो । विभिन्न पाँच अध्यायमा ४० जनाले उहाँका बारेमा लेख्नुभएको छ । पुस्तकका समीक्षक डा कपिल लोहनीले इमान्दारी कमी भएको बेला प्रकाशन भएको उहाँको जीवनीले नयाँ पुस्तालाई इमान्दारी के हो भनेर सिकाउने बताउनुभयो ।

विसं १९७३ मा जन्मिएका राणा अर्थ मन्त्रालयमा अधिकृत तहको सरकारी सेवामा प्रवेश गरेर २०३२ सालमा लोकसेवा आयोगको सचिवबाट निवृत्त हुनुभएको थियो । उहाँको २०४७ सालमा निधन भएको थियो । रासस