८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

विपद्पछिको पुनर्निर्माणमा नयाँ आयाम थप

विपद्पछिको पुनर्निर्माणमा नयाँ आयाम थप
अ+ अ-

काठमाडौं I राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ साल वैशाखमा गएको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनर्स्थापनामा प्राप्त अनुभवसफल अभ्यास एवं सिकाइहरु आदानप्रदान गर्न आयोजना गरेको चार दिने राष्ट्रिय परिसंवाद कार्यक्रम सम्पन्न भएको छ 

भर्चुवल माध्यमबाट गरिएको परिसंवादमा निजी आवास पुनर्निर्माणसार्वजनिक एवं सामाजिक पूर्वाधार पुनर्निर्माणसांस्कृतिक सम्पदा पुनर्निर्माणजीविकोपार्जनउद्दार तथा राहत  सुशासनका विभिन्न पक्षमा नेपाली र विदेशी अनुसन्धानकर्ताका ५८ वटा अनुसन्धानपत्र प्रस्तुत भएका थिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परिसंवाद कार्यक्रममा प्रस्तुत गरिएका अनुसन्धानबाट प्राप्त नयाँ तथ्य र ज्ञानले विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनामा विश्वमा नै नयाँ आयाम थप्न सहयोग पुग्ने बताउनुभयो ।

उहाँले अनुसन्धानहरुले समुदायको सकृय सहभागितामा निजी आवास पुनर्निर्माणलाई प्रभावकारी रुपमा अघि बढेकोरेट्रोफिटिङ प्रविधिबाट पुराना संरचनाहरुलाई सुरक्षित बनाउन सकिएकोऐतिहासिक महत्वका सम्पदाहरुको पुनर्निर्माणमा पुर्खाहरुले गरेको कामहरुलाई मौलिक रुपमा पुनर्जागरण गरी ज्ञान र सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्न सकिने देखाएको जानकारी दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले इन्जिनियरिङ समुदायमा सिमेन्ट र स्टील स्ट्रक्चर प्रविधिको छलफल हुने गरेकोमा अनुसन्धानहरुले काठढुङ्गाचुना र सुर्की प्रयोग गर्ने प्रविधिबाट महत्वपूर्ण संरचना बनाउन सकिने देखाएकोनयाँ भवन संहिता तयार पारी सबै खालका भवनको संरचना निर्माणमा नयाँ थालनी भएकोसमुदायमा सुरक्षित भवन बनाउनु पर्छ भन्ने मान्यता स्थापित भएको पनि अनुसन्धानहरुबाट पाइएको जानकारी दिनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले परिसंवादमा प्रस्तुत अनुसन्धानपत्रले नेपालको पुनर्निर्माण र पुनर्स्थापनाका विविध पक्षलाई लिपीबद्ध गरी भावी पुस्तालाई जगेर्ना गर्न सहयोग पुर्याउने बताउनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य तथा परिसंवाद कार्यक्रमका संयोजक डाचन्द्रबहादुर श्रेष्ठले परिसंवादका निष्कर्षहरु प्राधिकरणलाई नीतिगत र कार्यक्रमगत रुपमा सुधार गर्नका लागि मार्गदर्शन एवं भावी पुस्ताका लागि ज्ञान र अनुभवको भण्डार हुन हुन सक्ने बताउनुभयो 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको पूर्वतयारी स्वरुप राष्ट्रिय परिसंवाद कार्यक्रम आयोजना गरेको हो ।

प्राधिकरणका सहप्रवक्ता तथा परिसंवाद कार्यक्रम सचिवालयका सदस्यसचिव मनोहर घिमिरेले राष्ट्रिय परिसंवाद कार्यक्रममा प्रस्तुत अनुसन्धानपत्रहरुमा प्राप्त सुझावहरुलाई समावेश गरी अन्तिम रुप दिइने र ती अनुसन्धानपत्रहरु अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने जानकारी दिनुभयो । 

परिसंवादमा प्रस्तुत भएका अनुसन्धानपत्रहरुमध्ये छानिएका २० वटा अनुसन्धानपत्रहरु जापानस्थित अन्तर्राष्ट्रिय एलसेभियर जर्नलमा प्रकाशनार्थ पठाइनेछ । प्राधिकरणले यसबारे उक्त जर्नलसँग समझदारी गरिसकेको छ । प्राधिकरणले केही अनुसन्धानपत्र आफ्नो प्रकाशनका रुपमा समेत प्रकाशित गर्नेछ ।

प्राधिकरणले सम्मेलनमा पेश भएका अनुसन्धानपत्रपुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी दस्तावेज तथा संस्थागत उपलब्धी लगायतका पक्षहरुलाई समावेश गरी अभिलेखीकरण गर्दैछ ।

अनुसन्धानपत्रहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुले टिप्पणीसहित सुझाव दिएका थिए । भदौ ८ गतेदेखि भर्चुवल माध्यमबाट गरिएको सम्मेलनका सबै सत्रमा गरी करिब २२ सय सहभागी थिए ।