८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मन्त्रीले हेलिकोप्टरमा गुल्मी लगेको पिसिआर मेसिन नक्कली, एक महिनापछि काठमाडौ फिर्ता

मन्त्रीले हेलिकोप्टरमा गुल्मी लगेको पिसिआर मेसिन नक्कली, एक महिनापछि काठमाडौ फिर्ता
अ+ अ-

काठमाडौं । गुल्मीका सांसद तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले हेलिकोप्टरमा ल्याएर तामझामका साथ गृह जिल्लामा हस्तान्तरण गरेको पिसिआर मेसिन बेकामे भएर काठमाडौ फिर्ता गरिएको छ । मन्त्री ज्ञवालीले कामै नलाग्ने मेसिन ल्याएको र मर्मत गर्ने अनेक प्रयास गर्दा पनि नभएपछि मेसिन नै काठमाडौ फिर्ता गरिएको हो । 

झण्डै एक महिना लगाएर पनि बनाउन नसकिने अवस्थाको मेसिन गत साउन ३ गते भव्य कार्यक्रम गरेर जिल्ला सदरमुकाम रहेको रेसुङ्गा नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरणपछि प्रयोगमा आउला भनेर प्रतिक्षा गर्दा गर्दै आम नागरिक निराश भएपछि सोधिखोजी गर्दा विग्रिएको, पाटपुर्जा नै नभएको र काम नलाग्ने मेसिन ल्याएर दिएको पुष्टि भएको हो । 

मन्त्रीले दिएको मेसिन प्रयोगमा नल्याएको भन्दै जनताले शुरुमा नगरपालिकाका मेयर डिल्लीराज भुसालप्रति आक्रोश व्यक्त गरेका थिए । तर मन्त्रीले काम नलाग्ने मेसिन दिएकाले आफुले प्रयोगमा ल्याउन नसकेको जवाफ उनले दिने गरेका थिए । 

उनले पाटपुर्जा पुरा नै नभएको मेसिन ल्याइदिएकाले आफुले गाली खानु परेको भन्दै मन्त्री ज्ञवालीसँग पनि आक्रोश पोखेका थिए । मन्त्री ज्ञवालीले दिएको भनिएको सो पिसिआर मेसिनका लागि दुई नगरपालिकाबाट ३० लाख र दश गाउँपालिकाबाट एक करोड गरी कुल एक करोड तीस लाख रकम संकलन गरिएको थियो । 

जनतालाई काम देखाउन र कामको श्रेय लिन मन्त्री ज्ञवाली स्वयम उक्त पिसिआर मेसिन काठमान्डौदेखि हेलिकेप्टर मार्फत् सदरमुकाम तम्घास ल्याएका थिए । मेसिन जडानको लागि रेसुङ्गा नगरपालिकालाई जिम्मा दिइएको थियो । तर नगरपालिकाले उक्त मेसिनलाई चाहिने विभिन्न उपकरणहरु नभएको कारण देखाउँदै सञ्चालनमा ल्याउन नसकेको बताएको थियो । 

पुरा पाटपुर्जा नै नभएको मेसिन बनाउनका लागि नगरपालिकाले शुरुमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र त्यसपछि काठमाडौबाट स्वास्थ्य प्राविधिकहरुको टोली ल्याएको थियो । ती सवै प्राविधिकहरुले पिसिआर मेसिनमा अत्यावश्यक पाटपुर्जाहरु नै नभएकाले यो मेसिन काम नलाग्ने र यहाँ बनाउन पनि नसकिने भएकाले काठमाडौ फिर्ता गर्नु भनेर सुझाव दिएका थिए । 

अपुरो मेसिनलाई गुल्मीमै मर्मत गर्ने प्रयास एक महिनासम्म पनि सफल नभएपछि केही दिन अगाडि मन्त्री ज्ञवालीका स्वकिय सचिव जंग नेपालीले सो मेसिन काठमाण्डौ लगेका छन् । रेसुङ्गा नगरपालिका मेयर भुसालले गुल्मीमै मर्मत गर्न नसकिएकाले मेसिन काठमाडौ फिर्ता गर्नुपरेको बताए । उनले प्राविधिक र उपकरणहरु उपलब्ध भएमा पिसिआर मेसिन फेरी गुल्मी ल्याएर संचालन गर्न अझै १५ दिन लाग्न सक्ने जानकारी दिए । 

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उत्तम पच्याले पनि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र काठमान्डौबाट आएको स्वास्थ्य प्राविधिकहरुको टोलीले आवश्यक पर्ने उपकरणहरु नभएको भनेकाले त्यो मेसिन काठमान्डौ पठाईएको बताए । उनले अब त्यही मेसिन आउँछ की अर्को मेसिन आउँछ भन्ने बारेमा आफुलाई जानकारी नरहेको जवाफ दिएका छन् । 

त्यसैगरी जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले पनि मेसिनमा विभिन्न पाटपुर्जा जडान गर्न काठमाण्डौ पठाईएको पुष्टि गरेका छन् । 

मन्त्री ज्ञवालीले काम नलाग्ने मेसिन तामझामका साथ दिएको देखाएर जनताको भावना र विश्वास माथी खेलवाड गरेको काँग्रेसको टिप्पणी छ । 
काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले जनताको रकमबाट मन्त्री ज्ञवालीले नक्कली पिसिआर मेसिन किनेर जनता ठग्न खोजेको टिप्पणी गर्नुभयो । 
उहाँले कम्युनिष्टहरु कामभन्दा प्रचार बढी गर्छन र सेवाभन्दा स्वार्थ हेर्छन भन्ने पुष्टि भएको दावी गर्नुभयो । 

मन्त्रीले नै हेलिकोप्टरमा ल्याएर अत्यधिक प्रचारप्रसारका साथ हस्तान्तरण गरिएको मेसिन काम नलाग्ने रहेको थाहा पाएपछि जिल्लावासी अहिले निराश भएका छन् भने देशैभरी चर्चाको विषय बनेको छ ।