८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

प्रचण्डसँग बिमति छैन, कोरोनाले गर्दा हात मिलाउन नपाएको मात्र हो- प्रधानमन्त्री ओली

प्रचण्डसँग बिमति छैन, कोरोनाले गर्दा हात मिलाउन नपाएको मात्र हो- प्रधानमन्त्री ओली
अ+ अ-

काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल  बीच कुनै बिमति नभएको बताउनु भएको छ  । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा  प्रधानमन्त्री ओलीले भन्नुभयो दहाल जी संग अब कुनै बिमति छैन , सबै कुरा मिलिसक्यो , कोरोनाले गर्दा मात्र हात मिलाउन पाईएन.।

केही अधि सामान्य बिमति भएपनि हाल कुनै समस्या नरहेको भन्दै प्रधानमन्त्री ओलीले “ केही अन्तरविरोध भएका बेला विरोधका पक्ष जगजाहेर छ । त्यो पनि सहयोग नै थियो भन्नु उचित हुँदैन । तर, समग्रमा उहाँबाट मैले असहयोग पाएको छैन् ।सहयोग पाएको छु । अब झन पारस्परिक सहयोग हुन्छ ।”

अन्तरबार्तामा प्रधानमन्त्री ओलीले  आफूहरुबीच भागबण्डाको सहमति नभएको पनि  दाबी गर्नुभयो ।  जिकिर गरे । घाम जुन रहिन्जेलसम्म प्रधानमन्त्री भैरहने, वा राष्ट्रपति भैरहने होईन । यी सबै आवधिक हुन् ।” समय अनुसार परिबर्तन हुदै जान्छ ।  प्रधानमन्त्री ओलीले  आफूले मुख्य रुपमा सरकार र अर्का अध्यक्ष दहालले  पार्टी मुख्य रुपमा सञ्चालन गर्ने सहमति भएको बताउनु भयो  ।

अन्तरबार्तामा प्रधानमन्त्री ओलीले भन्नुभयाे   प्रम म हुँ , पार्टी पनि समझदारीका साथ चल्छ , सरकारपनि समझदारीका साथ चल्छ , पार्टीमा दुई अध्यक्ष छौं , सरकारमा प्रमको हैसियतले , त्यसको अर्थ सरकार मैले एकलौटी ढंगले मनपरी गर्ने होईन । जनताको अधिकारसमेत पठाएर प्रम निर्वाचित भएको छ , प्रमले आफ्नो सहयोगी मन्त्रिपरिषद बनाउँछ , यसले देश सञ्चालन गर्छ , अध्यक्षको हैसियतमा उहाँले सरकार सञ्चालनको विषयमा रुचि राख्नुहुन्छ । नीति र निर्णयमा । मुख्य रुपमा उहाँले पार्टी सञ्चालन गर्नुहुन्छ ।”