१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो



अ+ अ-

काठमाडौँ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव १३ अङ्कले बढेर दुई हजार सात सय ६५ दशमलव ८८ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १२ कम्पनीको एक करोड ७८ लाख ६५ हजार सात सय तीन कित्ता शेयर ९७ हजार पाँच सय ६२ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ९० करोड ९३ लाख ८६ हजार दुई सय २७ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैङ्किङ शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ०५, लगानी शून्य दशमलव ७७, जीवन बीमा शून्य दशमलव ८१, उत्पादन तथा प्रशोधन शून्य दशमलव १८, म्युचुअल फन्ड शून्य दशमलव ०५ र अन्य समूह दुई दशमलव ९० प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैङ्क शून्य दशमलव १२, वित्त शून्य दशमलव ७१, लघुवित्त शून्य दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव २८ र व्यापार समूह दुई दशमलव ५१ प्रतिशतले घटेको हो ।

गार्डियन माइक्रोलाईफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ । सबैभन्दा धेरै घट्नेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ९७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू एक अर्ब दुई करोड ६२ लाख ७३ हजार बराबरको कारोबार भएको छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर १० लाख ३१ हजार दुई सय ८८ कित्ता किनबेच भएको छ ।