२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिणपन्थी यात्रा होकि समाजवादी यात्रा हो, माओवादीले आफ्नो कित्ता क्लियर गरोस्ः सांसद बास्कोटा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद बास्कोटाले यस्तो बताउनुभएको हो ।

उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)लाई लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले पछिल्लो समय वामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुल्हो बल्न लागेको हो कि भन्दै आशंका व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘के प्रमुख प्रतिपक्षले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो ?बामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुल्हो बलेको हो?सहमति त्यसमा हो यदा गर्नुहोला त्यो चुल्होमा कहिल्यै राजतन्त्र फर्काउने, गाण्तन्त्र मास्ने खिचडी एक पाक्दैन, दुई पाक्दैन तीन पाक्दैन । भ्रममा नरहनुहोला ।’

उहाँले माओवादी केन्द्र समाजवादी यात्रामा हो कि दक्षिणपन्थी यात्रामा आफ्नो कित्ता क्लियर गर्नुपर्ने बताउनु भयो ।