वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जना ५३ वर्षीय पुरुषको मृत्यु भएको छ । उनी वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका हुन् ।
नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाका अनुसार उनको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गएराति १२:४५ मा मृत्यु भएको हो ।
वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ । जेठ ३० गते वीरगञ्जको घण्टाघरमा भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।








