९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेका पर्यटकीय पूर्वाधारमा लगानी बढाउन आग्रह



अ+ अ-

नेपालगञ्ज। बाँकेका पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटकीय पूर्वाधारमा लगानी बढाउन आग्रह गरिएको छ । ‘स्थानीय पर्यटन उद्यमीहरूको अवसर र सुदृढीकरण’का लागि शनिबार कोहलपुरमा आयोजना भएको कार्यशाला गोष्ठीमा सरोकारवालाले त्यस्तो आग्रह गरेका हुन् ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले पर्यटन प्रवर्द्धनका लागि प्रचुर सम्भावना र अवसर भएको उल्लेख गर्दै जंगल वाक, चुरै हाइकिङ, र्याफ्टिङ, हात्ती सफारी पर्यटनका लागि निकुञ्जको सौन्दर्य भएको बताए । उनले जिल्लामा सांस्कृतिक तथा धार्मिक पर्यटन र कृषि पर्यटनसमेत रहेको औँल्याउँदै उत्तरी भेगमा रहेका बासिन्दालाई कृषिमा अग्रसर गराई पर्यापर्यटनमा जोड दिन सकिने बताए।

प्रमुख संरक्षण अधिकृत कँडेलले पर्यटकलाई जंगलमा घुमाउन जंगल सफारीका लागि जीपमा लगानी गर्न पर्यटन उद्यमीलाई अनुरोध गर्दै चुरे क्षेत्र सुक्खा भएकाले निकुञ्जमा रहेका ८० पोखरीमध्ये १६ पोखरीमा मात्र पानी रहेको जानकारी दिए । निकुञ्ज आसपास क्षेत्रमा स्तरीय होटेल तथा बासस्थान नहुँदा आन्तरिक तथा बाह्य पर्यटक नेपालगञ्ज र कोहलपुर क्षेत्रमा आउन बाध्य छन् ।

महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक हरि सुवेदीले पर्यटकीय सम्भावना बोध गराउने क्रियाकलाप आवश्यक भएकामा जोड दिँदै केही पर्यटन पूर्वाधार भए पनि पर्याप्त नभएको बताए । बाँकेमा प्राकृतिक तथा शान्त वातावरणमा रमाउन चाहने पर्यटकलाई वनका उद्यानसमेत रहेको औँल्याउँदै उनले केही पर्यटकीय गन्तव्यको पहिचान भई तिनको विकासका लागि काम भएको बताए ।

पर्यटन व्यवसायी अशोक गौडेलले स्थानीय पर्यटन प्रवर्द्धन गर्न अतिरिक्त पर्यटनलाई बढवा दिन आग्रह गर्दै त्यसका लागि गन्तव्य निश्चित हुनुपर्ने बताए।

नेपालगञ्ज साइक्लिङ क्लबका पूर्वअध्यक्ष शतिष निरौलाले पर्यटनका हिसाबले बाँके कमजोर भएको उल्लेख गर्दै गाभर भ्यालीमा चुरे क्षेत्रको पदयात्रा पनि पर्यटकीय आकर्षण हुनसक्ने धारणा व्यक्त गरे । सो कार्यक्रममा प्रतिनिधिसभाका सांसद सूर्य ढकाल, लुम्बिनी प्रदेशसभाका सदस्य वसन्ती अधिकारी र कृष्णा केसी, वातावरण ग्रामीण विकास केन्द्र, बाँकेका अध्यक्ष धर्म रोकायालगायतले पर्यटन क्षेत्रको विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताए। रासस