८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

गुलियो नास्पतीको अमिलो कथा ,उत्पादन बजारसम्म पुर्याउन नपाउँदा किसानहरु पीडित

गुलियो नास्पतीको अमिलो कथा  ,उत्पादन बजारसम्म पुर्याउन नपाउँदा किसानहरु पीडित
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) ले विश्वभरी नै ठूलो जनधनको क्षति गरेको छ । गत वर्षको डिसेम्बरमा चीनको उहानबाट उत्पत्ति भएको कोभिड—१९ बाट विश्वभरी करोडौँ जनता प्रभावित भएका छन । नेपालमा पनि कोरोनाले नराम्ररी प्रभावित गरेको छ । हजारौँको संख्यामा संक्रमित छ भने, २ सय भन्दा बढीको मृत्यु भइसकेको छ । 

यति मात्रै होइन उद्योग धन्दा व्यापार व्यवसाय पनि ठप्प प्रायः छन । किसानले आफ्नो बारीमा फलाएका तरकारी र फलफुल बजार अभावमा कुहिएर जाने अवस्थामा रहेको छ । निषेधाज्ञाका कारण विक्रि नभएर भक्तपुरको सूर्यविनायक नगरपालिकामा दूध सडकमा पोखिएकोे भदौ १३ गते मात्रै हो । संघ, प्रदेश र स्थानीय सरकार लगायत सम्पूर्ण सरोकारवालाको ध्यान कोरोना नियन्त्रणतर्फ केन्द्रीत हुँदा किसानका उत्पादन सडकमा फलिने, बारीमा कुहिएर जाने घटना घट्नु नौलो कुरा होइन । सम्पूर्ण राज्यशक्ति कोरोना केन्द्रीत हुँदा आफ्नै बारीको उत्पादन बजारसम्म पुर्याउन नपाउँदा किसानहरु पीडित त बनेका छन नै जीविकोपार्जनका आधार नै खोसिएको महसुस पनि गर्न थालेका छन । 

संघीय राजधानी काठमाडौंको दक्षिण क्षेत्रमा रहेको दक्षिणकालीका किसानको बारीमा फलेको नास्पाती बारिमै कुहिने अवस्थामा पुगेको छ । नास्पाती फल्ने मूख्य सिजन, नास्पाती विक्रिबाट आएको पैसाले घरखर्च धान्दै आएका त्यहाँका अधिकांश किसानलाई कोरोनाको भन्दा कोरोनाका कारण आफ्नो उत्पादन बारीमै कुहिने चिन्ताले पिरोलेको छ । 

विगतमा स्थानीय ठेकेदारहरुले बारीमै पुगेर नास्पाती किन्ने गरेकोमा यो वर्ष कोरोना र कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउन (निषेधाज्ञा) का कारण आएका छैनन । दक्षिणकाली नगरपालिका ८ छइमलेका तेजबहादुर लामालाई नास्पातीको बजार व्यवस्थापन कसरी गर्ने भन्दा बारीमै कुहिएर खेर जाने पो हो की भन्ने चिन्तामा हुनुहुन्छ । गत वर्ष ९० हजार बराबरको २ सय बोरा नास्पाती विक्रि गर्नुभएका उहाँको खेतबारीमा ३४ बोट नास्पाती छन । यो वर्षपनि २ सय बोराभन्दा बढी फलेपनि विक्रि नै नहुँदा घरखर्च कसरी धान्ने लामालाई समस्या परेको छ । 

विगत वर्षहरुमा प्रतिव्यक्ति कम्तिमा ७० हजार देखि १ लाखसम्मको नास्पाती विक्रि गर्दै आएका त्यहाँका किसानहरु यो वर्ष सिजन सकिँदै लाग्दा पनि बजार व्यवस्थापनमा समस्या हुँदा समस्यामा परेका हुन । जीविका चलाउने आधार नै नास्पाती भएपनि विक्रि नहुँदा सरकारले व्यवस्थापन गरिदिए हुन्थ्यो नी भन्नु हुन्नुहुन्छ अर्का किसान पूर्ण बहादुर तामाङ ।

विश्वव्यामी महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि सरकारले पूर्वाधार निर्माण, उपचार र स्वास्थ्यसंस्थाहरुको व्यवस्थापन गरिरहेको छ, यो सकारात्मक पक्ष नै हो । तर महामारी नियन्त्रणका क्रममा हुने निषेधाज्ञा तथा लक डाउनका कारण किसानको उत्पादनले उचित बजार नपाउदा कुहिने अवस्थामा रहेका फलफुल, तरकारी लगायतका स्थानीय उत्पादनको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने देखिएको छ ।