४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका खड्का प्रथम

प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका खड्का प्रथम
अ+ अ-

काठमाडौँ: यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किमी दूरीको दौडमा रणशेर गणका हुद्धा खड्गबहादुर खड्का प्रथम हुनुभएको छ ।

सैनिक मुख्यालय परिसरस्थित खेल मैदानमा आज आयोजित समारोहमा रक्षामन्त्री मानवीर राईले उहाँलाई रु तीन लाखसहित ट्रफी र पदक प्रदान गर्नुभयो ।

कूल  तीन सय तीन धावक सहभागी प्रतियोगितामा कुमारी दल गणका प्युठ राजन रोकाय दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका गोपीचन्द्र पार्कीले तेस्रो स्थान हासिल गर्नुभयो । उहाँहरुलाई क्रमशः रु दुई लाख र एक लाख नगदसहित पदक र प्रमाणपत्र प्रदान गरियो ।

त्यस्तै २१ किलोमिटर दूरीको हाफ म्याराथन खुला पुरुषतर्फ देवी दल गणका प्युठ मुकेश पाल प्रथम, शेर गण दलका अमलदार गजिन्द्र राई द्वितीय तथा गणेश दल गणका अमलदार नरेन्द्र रावल तृतीय घोषित हुनुभयो ।

प्रधानसेनापति अशोकराज सिग्देलले कूल आठ सय ६३ धावक सम्मिलित उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई क्रमशः रु ७५ हजार, ५० हजार र ३५ हजार नगदसहित प्रमणपत्र प्रदान गर्नुभयो ।

महिलातर्फको २१ किमी दूरीको हाफ म्याराथन प्रतियोगितामा सन्तोष श्रेष्ठ पहिलो, भगवती दल गणकी प्युठ पूर्ण लक्ष्मी न्यौपाने दोस्रो तथा गरुढ दल गणकी प्युठ निर्मला केसीले तेस्रो स्थान हासिल गर्नुभयो । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले उहाँहरुलाई क्रमशः रु ७५ हजार, ५० हजार र ३५ हजार नगद र प्रमणपत्र प्रदान गर्नुभयो ।

दश किलोमिटर दूरीको सैनिक सहचारीतर्फको दौडमा भारतीय दूतावासका प्रेमलाल चौहान प्रथम, सोही दूतावासका विकास कुमार द्वितीय तथा बेलायती दूतावासका सुमन राई तृतीय हुनुभयो । सेनाका अधिकृततर्फको १० किमी दौडमा उपसेनानी सन्तोष श्रेष्ठ, सहसेनानी सुरेन्द्र बस्नेत र  उपसेनानी दीपराज खत्री क्रमश ः प्रथम,  द्वितीय र तृतीय घोषित हुनुभयो ।

सेनाका महिला अधिकृततर्फको १० किमी दूरीको दौडमा उपसेनानीत्रय जिना गुरुङ, कुसुम तामाङ र अस्मिता जीसी क्रमश ः प्रथम, द्वितीय र तृतीय हुनुभयो ।

त्यस्तै सैनिक महाविद्यालय तथा विद्यालय र राष्ट्रिय सेवा दलका कक्षा १० देखि १२ कक्षासम्म अध्ययन छात्रतर्फ चाणक्य माध्यामिक विद्यालयका विश्वराज कुँवर, सैनिक आवासीय महाविद्यालयका अमित थिङ र राष्ट्रिय सेवा दलका छात्र सुजित मगरले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल हुनुभयो ।

त्यस्तै पाँच किमी दूरीको कक्षा दशदेखि १२ सम्म अध्ययनरत छात्रातर्फ विजेश्वरी ज्ञान मन्दिरका आयुश्मा आचार्य, निकिता राउत र करुणा खड्का प्रथम, द्वितीय र तृतीय हुनुभयो । पाँच किमी दूरीका दौडमा सोही महाविद्यालय मातहतका कक्षा ७ देखि १२ सम्म अध्ययनरत छात्रतर्फ मौसम रोकाय, बवीन अधिकारी र दिपेश रिमाल क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयोे । ती सबै विधाका दौड प्रतियोगितामा करिब दुई हजारको सङ्ख्यामा धावकको सहभागी रहेको नेपाली सेना सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले जनाएको छ ।

सामाजिक एकताको प्रतिका रुपमा रहेको खेलकुद क्षेत्रको विकास तथा नागरिक सैनिक सम्बन्ध प्रगाढ तुल्याउने उद्देश्यले सेना दिवसका अवसरमा विसं २०७२ देखि यो प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।रासस