८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पोखरामा एनसेल फाउण्डेशन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ हुने

पोखरामा एनसेल फाउण्डेशन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ हुने
अ अ+ अ-

काठमाडौं। बुकवर्म फाउण्डेशनको आयोजनामा यही फागुन १५ गतेदेखि १८ गतेसम्म पोखरामा एनसेल फाउण्डेशन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ हुने भएको छ ।

कार्यक्रमबारे जानकारी दिन आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा यस वर्ष फागुन १५ देखि १८ सम्म बाह्रौँ संस्करणको एनसेल फाउण्डेशन नेपाल लिटरेचर फेस्टिभल २०२५ आयोजना गर्न लागिएको फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए ।

सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभल आयोजना हुन थालेपछि नेपालमा वार्षिक रूपमा दर्जनौँ साहित्यिक महोत्सव हुन थालेको बताउँदै उनले स्कुल, कलेजदेखि स्थानीय तहमा साहित्यिक महोत्सव हुन थालेको बताए । यही फागुनमा मात्र नेपालमा सात वटा साहित्यिक महोत्सव हुने उनले जानकारी दिए ।

एनसेलकी इन्टेरिम मार्केटिङ, कम्युनिकेसन एण्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले सञ्चार र प्रविधिबाहेक कला र साहित्यका माध्यमबाट सबैलाई जोड्न कम्पनीको व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेल फाउन्डेसनमार्फत यस उत्सवसँग आबद्ध हुन पाएको भन्दै खुसी व्यक्त गरिन् । कला, साहित्य र संस्कृति हाम्रा पहिचान भएको भन्दै उनले यिनको जगेर्ना गर्नु सबैको जिम्मेवारी भएको बताईन् ।

पत्रकार केशवशरण लामिछानेले साहित्य र नेपाल लिटरेचर फेस्टिभलको महत्वबारे चर्चा साहित्यले समाजमा पुर्‍याएका योगदानहरू महत्त्वपूर्ण रहेको बताए । साहित्यले सामाजिक न्यायको क्षेत्रमा, मूल्य र मान्यता भत्काउने र निर्माण गर्ने काममा सघन भूमिका खेल्ने बताउँदै उनले यसले अल्पसङ्ख्यक, पिछडिएका वर्गलगायतको भाषा, बोली, पिँधको आवाज र रोदनलाई मूलधारको मुद्दा बनाउने काम पनि गर्ने बताए ।

नेपाली समाज पनि अझ बढी सहिष्णु, सहानुभूतिपूर्ण, स्वतन्त्रतावादी र सभ्य बनोस् भन्ने चाहनाका साथ उक्त कार्यलाई टेवा पुर्‍याउन नै नेपाल लिटरेचर फेस्टिभल आयोजना गरिएको उनले बताए । फेस्टिभल आयोजक सदस्य एवम् पत्रकार भरत कोइरालाले इभेन्टहरूको सहर पोखरामा बर्सेनि हुँदै आएको लिटरेचर फेस्टिभलले यहाँको संस्कृति र सभ्यता निर्माण थप योगदान पुर्‍याएको विश्वास व्यक्त गरे ।

फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ । त्यस्तै ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश रहेको आयोजकले जनाएको छ । रासस