काठमाडौं । सचिवालय बैठक बस्ने पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको छ । बुधबार साँझ बालुवाटारमा भएको छलफलमा राष्ट्रिय सभामा रिक्त एक पद तथा कार्यदलले बुझाएको प्रतिवेदनका बारेमा छलफल भएको बालुवाटार स्राेतले जनाएको छ ।
राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने बारेमा सचिवालयले यसअघि नै निर्णय गरिसकेका कारण प्रधानमन्त्रीले त्यसलाई सरकारका तर्फबाट कार्यान्वयन गर्ने र पार्टीभित्र देखिएका समस्या र तिनको समाधानका लागि सुझाब दिन भन्दै महासचिव विष्णु पौडलको संयोजकत्वमा गठन भएको कार्यदलले दिएको प्रतिवेदनका बारेमा पनि छलफल हुने जनाइएको छ ।








