काठमाडौ । कोरोनाका कारण मुलुकका बिभिन्न कारागारमा रहेका १४९ जना कैदीबन्दी सक्रमित भएका छन् । गृहमन्त्रालयका अनुसार ४९ जना कैदीबन्दी सक्रमण मुक्त भएको र ६९ कैदीबन्दी उपचारत रहेका छन् । सक्रमण कारण केन्द्रिय कारागार सुन्धारमा एक कैदीबन्दीको निधन भएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रबक्ता चक्रबहादुर बुढाले एक बिज्ञप्ति जारी गर्दै मुलुकका बिभिन्न कारागारमा रहेका कैदीबन्दीको बिषयमा सार्बजनिक भै रहेको टिका टिप्पणी प्रति मन्त्रालयको गम्भिर ध्यानकर्षण भएको जनाउनु भएको छ । नेपालका बिभिन्न कारागारमा रहेका कैदी बन्दीलाई कोरोना भाईरसको सक्रमण हुन नदिन तथा सक्रमण भएका त्यसको यथोचित उपचारको ब्यबस्था मिलाउनका लागि गृहमन्त्रालय पूर्ण रुपमा सजक रहेको पनि जनाएको छ ।
कारागारहरुमा सक्रमण फैलन नदिन सुरु देखी नै सजकता अपनाएको दाबी गर्दे मन्त्रालयले कैदी बन्दीहरु संग बाहिरका ब्यक्तिहरुको भेटघाट बन्द गर्नै , बिरामी भएका कैदी बन्दिहरु लाई सकेसम्म कारागार कार्यलयमा रहेका स्बास्थ्थकर्मीहरुबाट नै उपचारको ब्यबस्था मिलाउने र त्यहा बाट सम्भब नभएका स्थानीय स्बास्थ्थ संस्थामा सुरक्षित रुपमा उपचार गराई छुट्टै राख्ने ब्यबस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिईसकेको जनाएको छ ।
उपत्यकाको हकमा किर्तिपुरमा रहेको आयूर्बेदक अनुसन्धान तथा तालीम केन्द्र तथा सुन्धारा स्थित केन्द्रिय कारागार परिसरमा रहेको घरेलु तालीम केन्द्रको कारखानालाई आईसोलेसन कक्षमा रुपमा प्रयोग गर्ने ब्यबस्था मिलाईएको मन्त्रालयले जनाएको छ । साथै गम्भिर अबस्थाका बिरामीलाई सुबिधा सम्पन्न अस्पतालमा उपचारको ब्यबस्था मिलाउने पनि मन्त्रालयले जनाएको छ ।
साथै कारागारको अबस्थाका बारेमा पूर्ण रुपमा चनाखो हुदै कोरोना रोकथाम र नियन्त्रणका लागि हर सम्भब प्रयास गर्न तथा सक्रमति कैदीबन्दीहरुको उपचारका लागि आबश्यक ब्यबस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएको पनि मन्त्रालयले जनाएको छ ।








