२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्गद्वारी घाटमा प्रकृति लम्सालको अन्तिम संस्कार



अ+ अ-

भैरहवा (रुपन्देही): भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको यहाँस्थित स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ ।

उहाँको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पु-याइएको थियो । शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए । उहाँलाई हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिनुभएको थियो । उहाँको पार्थिक शरीर बुधबार उडिसाबाट ल्याइएको हो ।

विसं २०६१ असार ४ गते भैरहवामा जन्मिनुभएकी लम्सालको गत आइतबार निधन भएको हो । उहाँको शरीर केआइआइटी छात्रावासमा झुण्डिएको अवस्था भेटिएको थियो ।रासस